समाचार

पार्टी एकताबारे के भन्छन त जिल्ला नेताहरु ?

प्रेम सुनार
गुल्मी, जेठ ०४ । केन्द्रमा हिजोको दुई अलग अलग पार्टी नेकपा एमाले र माओवादी केन्द्र एक पार्टी भएको घोषणा गरे लगत्तै विभिन्न जिल्लामा जस्तै गुल्मी जिल्लामा पनि पार्टी एकतालाई स्वागत गर्दै संयुक्त रुपमा खुशीयाली मनाईयो ।

हिजोको नेकपा एमाले पार्टी क्याम्पमा मनाईएको खुशीयाली पछि हिजोको माओवादी केन्द्रको पार्टी क्याम्पमा समेत पुगेर संयुक्त रुपमा खुशीयाली मनाईएको थियो ।

स्वर्गिय जननेता मदन भण्डारी र जिवराज आश्रित प्रति श्रद्धाञ्जली अर्पण पछि मनाईएको खुशीयाली जिल्ला तहमा मात्रै थिएन । प्रत्येक नेताहरुलाई गाउँ गाउँबाट आउने र बधाई दिने फोनले यहि संकेत गर्दथ्यो कि नेताहरु भन्दा कार्यकर्ताहरु पार्टी एकताका लागि निकै आतुर रहेछन् । गएराती अवेर सम्म खुशीयाली नारावाजी गरी रहेका थिए संयुक्त कार्यकर्ताहरुको भिडले ।

पार्टी एकताबारे हिजोका दुई पार्टीका प्रमुखहरु संग हामीले आज विहान धारणा मागेका थियौं, जुना यसप्रकार रहेको छ:

लामो समय पछि को चाहना पुरा भयो ः अध्यक्ष पन्त

तत्कालिन नेकपा एमाले गुल्मी जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले लामो समय देखि नेपालमा वाम एकताका लागि भएको प्रयास र आम जनताको चाहना केन्द्रका दुई शिर्ष नेताद्धयः केपी ओली र प्रचण्डले पुरा गराई दिएको धारणा राखे ।‘ ।२००६ साल पछि जसरी पुनः पार्टी एकता भएको छ यो असाध्धै सुखद पक्ष हो पन्तले भने–‘नेता ओलीले भने झै हामी एक अर्कामा विलय भएका होईनौं एक्सीजन र हाईड्रोजन मिलेर पानी भएका छौं , अव एउटै समुन्द्रमा कुन नदीको पानी कुन ? भनेर चिन्न सकिदैन । ’

अव संयुक्त पार्टीको नेतृत्व कसले ले ला त ? भन्ने प्रश्नमा उनले भने म सहित सवै सार्थीहरु सक्षम हुनुहुन्छ र आकंक्षी हुने पनि स्वभाविकै हो , अहिले नै यो वा उ भनेर भन्न सकिदैन, तिन महिना भित्रमा केन्द्रबाट के कस्तो शर्कुलर आउछ त्यही अनुसार अगाडी बढिने छ ।’

उनले आज देखि कुनै औपचारिक कार्यक्रममा अलग अलग पार्टीको तर्फबाट प्रतिनिधीत्व नगरिने बताए । हामी आज देखि औपचारिक कार्यक्रममा सल्लाह गरेर एक पार्टीको तर्फबाट प्रतिनिधीत्व गर्ने छौं ’–उनले भने ।

समाजवादमा पुग्नका लागि एकता ः संयोजक कार्की

त्यस्तै साविकको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विरबहादुर कार्कीले आफुहरु एक देखि अर्को पार्टीमा मिसिएको नभई समाजवादमा पुग्नका लागि एकता गरिएको धारणा राखे । पार्टी एकता पछि बैद्य, विप्लप र माओवादी केन्द्रबाटै असन्तुष्टि जाहेर गर्दै कार्यकर्ताहरु चोईटिन कत्तिको सम्भावना देख्नु हुन्छ ? भन्ने प्रश्नमा उनले गुल्मी जिल्लाको हकमा एक जना पनि नचोईटिने दावी गरे ।

‘हिजो देखि निकै उत्साह जनाउँदै थुप्रै सार्थीहरुको फोन आयो र मैले पनि गरे’– उनले भने–‘ जिल्ला स्तरमा भन्दा कार्यर्तामा निकै उत्साह छाएको पाएको छु, चोईटिने होईन बरु हिजो चोईटिएकाहरु जोडिने सम्भावना देखेको छु ।’

एकताको भाव गाउँ गाउँ सम्म कहिले लैजानु हुन्छ त ? भन्ने प्रश्नमा आफुहरु केन्द्रिय शर्कुलर कुरेर बसेको बताए । जिल्ला स्तरमा हिजो दुई पार्टी एक भएर खुशीयाली मनाऔं , जुन खुुुशीयाल कार्यकर्ता संग मनाउनका लागि केन्द्रको शर्कुलर कुरेर बसेका छौं’–उनले भने ।

हिजोको माओवादी केन्द्रबाट नेतृत्वको सम्भावना बोकेको नेताहरु को हो हुनुहुन्छ त? भन्ने प्रश्नमा उनले भने अहिले नै केहि भन्न सकिदैन ।

उनले थपे–‘म आफु संयोजक छु । म पछि ६ जना सह संयोजक हुनुहुन्छ । सवैले आकंक्षा राख्नु स्वभाविकै हो , केन्द्रले क कसलाई सिफासिर गर्छ त्यसमा भर पर्ने कुरा हो । ’

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D