समाचार

पाँच दिनदेखी गुल्मी अस्पताल ठप्प: बिरामी मर्कामा, डाक्टर भन्छन् हामी कुवाको भ्यागुता हुनुपर्ने?

यो पनि पढ्नुस्: जिल्ला अस्पताल गुल्मीका नर्सले ६ महिनासम्म तलव पाएनन्

हुमाकान्त पोखरेल
गुल्मी । २६ चेत्र । ‘बच्चा बिरामी भएर अस्पताल आएँ, अस्पताल त बन्द रहेछ ।’ गुल्मी अस्पताल तम्घासमा छोरी चाँज गराउन आएकी धुर्कोट गाउँपालिका ३ हाडहाडेकी निर्मला जिसीले भनिन्, ‘टाढाबाट ऋण खेजेर औषधी लिन आएको, उल्टै समस्या बोकेर फर्कनुप¥र्यो ।’ अस्पताल बन्द भएकोले निजि मेडिकलमा गई जाँज गराउन बाध्य भएको उनले बताइन् । ‘सरकारी अस्पताल हुँदाहुँदै निजिमा गएर जाँच गराउनुपर्छ भने अस्पतालको के अर्थ ?’ उनले भनिन्, ‘जसोतसो औषधी त लैजानैप¥र्यो ।’ जिसी मात्र होइन, गुल्मी अस्पताल तम्घासमा सेवा आएका धेरै बिरामीको गुनासो यस्तै छ ।

यो पनि पढ्नुस्: गुल्मी अस्पतालको व्याथाः ५० शैया घोषणा मात्रै , विरामीलाई भुईमा सुताएर उपचार

सरकारले गरेको कर्मचारी समायोजनले आफुहरुको बृद्धि–विकासमा असर परेको भन्दै जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् । सरकारले डाक्टहरुलाई संघबाट छुट्याएर स्थानीय तहमा पठाउने निर्णय गरेसँगै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । खासगरि डाक्टरहरुको यो आन्दोलन स्वास्थ्य र सामान्य मन्त्रालयसँग सम्बन्धि छ । तर यसको असर भने गाउँका सर्वसाधारण नागरिकहरुलाई परेको छ । ‘सेवा बन्द भएको थाहा नै थिएन, यहाँ आएपछि एक्कासी थाहा भयो ।’ साथिको उपचार गराउन अस्पताल पुगेका रेसुङ्गा नगरपालिका ८ का सन्तोष पाण्डेले भने, ‘सरकारसँग डाक्टरको माग रहेछ, मर्कामा हामि प¥र्यौ ।’ गुल्मीदरबार गाउँपालिका ४ की सिता सुनारले पनि आन्दोलनले आफुहरु निकै समस्यामा परेको गुनासो गरिन् । ‘बिहानैदेखि आएर बसेको अस्पतालको ढोका नै खुलेन ।’ उनले भनिन्, ‘बाध्य भएर इमर्जेन्सीमा भर्ना हुनुप¥र्यो ।’ अस्पताल जस्तो संवेदनशिल सँस्था बन्द गरेर डाक्टरहरु आन्दोलनमा उत्रनु दुखद कुरा भएको बताइन् । त्यसका साथै उनले साढेँ–साँढेबिचको लडाईको आफुहरुजस्ता सर्वसाधारण नागरिकहरु बढी मर्कामा परेको गुनासो गरिन् ।

district hospital gulmi

अस्पतालको ओ.पि.डि. सेवा बन्द हुँदा अधिकाशं बिरामीहरु अस्पतालकै आकस्मिक कक्ष वा निजि मेडिकलमा धाउनुपर्ने बाध्यता रहेको छ । जसले गर्दा बिरामीहरुले आर्थिक लगायतका धेरै समस्या झेल्नुपर्छ । गुल्मी अस्पताल तम्घासमा बिहानैदेखि नै बिरामीहरु घुँइचो दखिनछ । तर अस्पतालका बिरामीप्रति डाक्टरको कुनै प्रतिक्रिया नभएपछि सबैजसो बिरामीहरु तितरबितर हुने गर्दछन् । सरकारको समायोजन प्रक्रियाले बृद्धि विकासमा गम्भीर असर परेको भन्दै त्यसविरुद्ध चिकित्सकहरुले जान्दोलन जारी राख्दा दैनिक सयौँको सङ्ख्यामा बिरामी मर्कामा पर्दै आएका छन् ।

अस्पताल जस्तो अत्यावश्यकीय सेवा क्षेत्रमा बन्द–हडताल गर्न नपाउने नियमलाई चुनौती दिदैँ डाक्टहरु भने आन्दोलनमा उत्रिएका छन् । उनीहरु आन्दोलनमा उत्रिएसँगै कमजोर आर्थिक अवस्था भएका बिरामी बढी मर्कामा परेका छन् । निजी मेडिकलमा उपचार गराउने हैसियत नभएकाहरुले भने अस्पतालकै ओपिडी सेवाबाट सेवा पाउने प्रतिक्षामा छन् । बिरामीहरु डाक्टरको आश गरिरहेका छन् । तर डाक्टर भने कर्तव्यभन्दा बाहिर रहेर आन्दोलनमा छन् । सामान्यतया गुल्मी अस्पतालमा दैनिक सरदर दुई सयको सङ्ख्यामा बिरामी आउछन । पाचँ दिनसम्म अस्पताल बन्द हुँदा झण्डै एक हजार बिरामी प्रभावित भएका छन् ।
दुवै पक्ष लचिलो बन्नुपर्ने

तर बिरामीलाई मर्का पर्नेगरी डाक्टरले आन्दोलन गर्नु दुःखद रहेको नागरिक समाजको ठम्याई छ । ‘लोकतन्त्रमा सबैले गुनासो राख्ने तथा आफ्ना पेशागत हक–अधिकारको लागि आवाज उठाउने अधिकार हुन्छ ।’ नागरिक समाजका अध्यक्ष गुणनिधी शर्माले भने, ‘अधिकार छ भन्दैमा बिरामी नै मर्कामा पर्नेगरी आन्दोलन गर्नुभने दुखद कुरा हो ।’ त्यसका साथै उनले यस बिषयमा सरकार र आन्दोलनकारी दुवै गम्भिर हुनुपर्ने बताए । सरकारले पनि आन्दोलनकारीको माग पुरा गर्ने बिषयमा छलफल गर्ने र डाक्टरहरुले पनि आन्दोलनको नाममा सर्वसाधारण नागरिकलाई मर्का पार्न नहुने कुरामा उनले जोड दिए । दुवै पक्ष लचिलो भएमात्र समस्याको समाधान निस्कने उनले सुझाव दिए ।

के छन् डाक्टरका माग ?
आफुहरुलाई केन्द्र मातहत राखेर समायोजन गर्नुपर्ने सरकारी चिकित्सकहरुको माग छ । ‘लोकसेवाको परिक्षा पास गरेर आएको एक व्यक्ति जतापनि जान पाउने, अर्को व्यक्ति भने सधै कुवाको भ्यागुतो झैँ हुनुपर्ने ?’ गुल्मी अस्पतालकी मेडिकल अधिकृत सोफिया थापाले भनिन्, ‘हामिहरुमाथि अन्याय भएको छ, त्यसैको विरुद्ध आँन्दोलन गरेका हौ ।’

आफुहरुले सांकेतिक रुपमा यसभन्दा अगाडी नै विरोध गरेपनि त्यसको कुनै सुनुवाई नभएपछि बाध्य भएर अस्पताल नै ठप्प गर्नुपरेको उनको तर्क छ । सरकारले आफुहरुका माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने पनि उनले दाबी गरिन् । तर अस्पतालमा आकस्मिक सेवा भने सधै खुल्ला रहेन उनले जानकारी दिइन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D