gulminews logo
बिहीबार, २०८१ बैशाख ६

परिवारमा कमाउने एक मात्रै छोराको दुवै मृगौला फेल: बुवा पनि अस्पातलमै, आर्थिक अभावमा बिचल्ली

टोपलाल अर्याल
गुल्मी, २२ माघ । कमाउने व्यक्तिकै दुवै मृगौला फेल भएपछि कुमाल परिवारमा बिचल्ली भएको छ । गुल्मीको इश्मा गाउँपालिका १ हस्तिचौरका २८ बर्षिय कमल कुमालका दुवै मृगौला फेल भएका छन् । बिगत पाँच बर्षदेखि भारतमा काम गर्दै आएका कुमाल केहि समय अघि एक्कासी बिरामी परे ।

भारतमै उपचार गराउँदा दुवै मृगौला फेल भएको थाहा भएको पीडित कमलले बताए । त्यो जानकारी पाएसंगै कम्पनीले उनलाई घर पठायो । अहिलेसम्म आर्थिक अभावका कारण कुमाल घरमै जीवनमरणको दोसाँधमा छन् । कमलको पीडा दैनिक थपिदै गएको छ । ‘परिवारसंग छाक टार्ने उपाय छैन कमाउने व्यक्तिनै बिरामी परेर आए,’बालिकाले भनिन,‘जहाँ होँचो त्यहाँ घोँचो भयो ।’

कमलका बुवा पनि अस्पतालमै
मृगौला पीडित कमलको पाँच बर्षको छोरा, श्रीमति बृद्ध बुवा घरमा छन् । श्रीमानको उपचार गर्न १५÷१६ लाख लाग्ने भएपछि श्रीमति पशुपतिको शरिरमा घाम लाएको छैन । ‘कमाउन गएको मान्छेले नै ऋण बोकेर फर्किए, बाँच्ने मर्ने ठेगान छैन,’ श्रीमतिले भनिन,‘घर जग्गा बेचेपनि उपाय भएन ।’ पशुपतिका ससुरा ज्ञान बहादुर कुमाल पनि अस्पतालमै थला परेका छन् । एक्कासी पिसाब बन्द भएपछि जिल्ला अस्पताल तम्घासमा भर्ना गरिएको छ ।

मैले नै मृगौला दिन्छु: श्रीमती
कमलकी श्रीमती पशुपति कुमालले श्रीमानको जीवन रक्षाको लागि आफुले एउटा मृगौला दिन चाहेको बताएन् । उनले परिवार छोरोको समेत बिचल्ली भएकाले आफ्नो मृगौला श्रीमानलाई दिएर बचाउने बताइन् । कमललाई मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर लैजाने तयारी भएको छ । तर परिवारसंग बाटो खर्च समेत नभएको छिमेकी बालिका बोहोराले बताइन् ।

छोरो छिमेकीकोमा छ । ससुरा अस्पताल र कमल आफै बिरामी भएकाले बिपन्न परिवारमा निकै समस्या भएको बोहोराले बताइन् । उनले इस्मा गाउँपालिकाले दिएको पाँच हजार बाटो खर्चले मात्रै काठमाण्डौ जाँन थालेको बताइन् । उनले पीडित परिवार र कमलको जीवन रक्षका लागि लक्ष्मी कुमालको नाममा रहेको एसविआई बैंक तम्घास शाखाको खाता नं २०९१५२४३४००८२१ मा सहयोग गर्न सवैलाई अनुरोध गरिन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D