समाचार

गरीबको पिडा: जण्डिसले च्यापेपछी दिनप्रतिदिन सुन्निँदै , पेट अत्याधिक फुल्यो तर उपचार गर्ने पैसा छैन

टोपलाल अर्याल
गुल्मी, १३ चैत्र । दैब पनि कती सम्म कठोर बन्न सक्छ कहिले काँही त । जो दुखी छ उसैलाई दु:खै दु:ख थोपरेर रमिता हेरिरहन्छ । बलेनीमा पल्टिएका मुली मान्छे । मर्ने बाँच्ने ठेगान छैन । झुप्रे घर । ठुलो पानी परे थेग्दैन । गुल्मी मुसिकोट वडा नं ४ उपल्लो थजाङ्गका ३१ बर्षीय अम्मर बहादुर सरतुङ्गीको परिवार अहिले पीडामा छटपटिएको छ ।

अम्मर गाउँकै कुटो कोदालो गर्थे । बुढि बजै, उमेर पाकेका बाआमा । परिवार पाल्नकै लागि केहि महिना पहिले उनी भारत पसे । परदेशमै जण्डिसले समात्यो । उनी बिस्तारै थला पर्दै गए । काम गर्ने कम्पनीले काम दिएन । फर्किएर केहि दिन अघि घर आए । दिनप्रति दिन सुन्निदै गए । पछि पेट अत्यधिक फुल्लियो । अम्मर थला नै परे । उनलाई घरपरिवारले छिमेकी मधुसुधन थापाकोमा ल्याए ।

थापाले गरिव परिवारमा सरतुङ्गीको त्यो बिजोग देखेपछी तत्काल तम्घास पठाए । गुल्मी अस्पतालले मिसन अस्पतालमा रिफर ग¥यो । तीन-चार दिन अस्पताल भर्ना भएपछि पेटमा पानी भरिएको र पेटमा रगत बगेको पत्तो लाग्यो । औषधी लिएर पीडित सरतुङ्गी घरमै आएको मुसिकोट स्वास्थ्यचौकी इन्चार्ज समेत रहेका थापाले बताए । उनले सरतुङ्गीको अवस्था अत्यन्तै डरलाग्दो भएकाले गाउँमा चन्दा संकलन गरेर उपचार गर्न पठाएको जानकारी दिए ।

‘ओत्ने घर छैन छाक टार्न मुस्किल छ, कमाउने मान्छे ढल्यो,’ उनले भने, ‘अस्पतालको धरौटी तिर्न गाउँमा चन्दा संकलन ग¥यौ ।’ श्रीमती तारा गर्भवती छन् । उनी चैत्र महिनामै सुत्केरी हुँदैछन् । त्यसपछि झन अम्मरको स्याहार सुसारमा समस्या पर्ने देखिएको छ । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटालाई पनि त्यो परिवारको बारेमा जानकारी गराएकाले सहयोगको आश्वासन आएको स्थानीय सागर कार्कीले बताए ।

यतिबेला अम्मर परिवारलाई सबै खाले सहयोगको खांचो छ । अम्मरले पनि सबै नेपाली दाजु भाई दिदीबहिनीसँग जीवनको भिख मागिरहेका छन् । कृपया सबैले सहयोग गरी उनलाई नयाँ जीवन दिऔँ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker