अपराध

पछील्लो ५ दिनमा ३ वटा बलात्कार, ६ वर्षिया वालिका पनि बलात्कृत

प्रेम सुनार
बुटवल, भदौ १० । प्रदेश ५ का केहि जिल्लाहरुमा वलात्कारका घटना बढेका छन । यस प्रदेशको राजधानी मानिने रुपन्देहीमा मात्र पछिल्लो पाँच दिनको अन्तरालमा ६ वर्षिया बालिका सहित ३ वटा वलात्कार घटना भएको रुपन्देही जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केहि महिना अघि ज्युदै जलाएर हत्या गरिएकी किशोरी कै गाउँ कञ्चन गाउँपालिकामा फेरी अर्को जघन्य प्रकारको घटना घटेको छ । सो गाउँपालिका वडा नम्वर ३ धमिनापालमा भदौ ६ गते राती करिव ११ वजेको समयमा स्थानिय २० वर्षिय विकल्प पुनले ६ वर्षिया वालिकालाई वारीमा लगेर मुख थुन्दै वलात्कार गरेको सालझण्डी ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपेश वस्यालले जानकारी दिए ।

उनले भने–‘ त्यस दिन राती त्यहाँको एक घरमा तिज गित नाचगानको कार्यक्रम रहेछ । त्यहाँबाट करिव डेढ सय मिटर पर मकैवारीमा लगेर निज पुनले ति वालिकालाई बलात्कार गरेका थिए । उनि विरुद्धा अदालतमा म्याद थप गरी मुद्धा अगाडी बढाईको छ ।’

उनका अनुसार उनले ति वालिकालाई बलात्कार गरिरहेको अवस्थामा त्यसै रामरमितामा भएकाहरुले छुटाएर पिडकलाई प्रहरीमा बुझाएका हुन । त्यस दिन ति वालिकाकी आमा वुटवलतिर गएकी थिईन । उनि धादिङ्ग घर भई श्रीमान संग अलग भई माईती मै दुई सन्तान सहित बस्दै आएकी थिईन ।

यता वुटवल ईलाका प्रहरी कार्यालयमा पनि एक हप्ताको अन्तरालमा दुई वटा वलात्कार घटनाका मुदा दायर भएको त्यहाँका प्रहरी प्रमुख डिल्ली मल्लले जानकारी दिए । मल्लका अनुसार बुटवाल उपमहानगरपालिका वडा नम्वर ११ कालिका नगरस्थित चिप्स फ्याक्टरीको गोदाम भित्रै भदौ ७ गते साढे १२ वजेको समयमा एउटी कामदार महिला बलात्कृत भएकी छन ।

उता प्रदेश ५ कै पुर्वी रुकुममा यसै हप्ता १६ वर्षिया किशोरीलाई १८ बर्षिय किशोरले वलात्कार गरेको मुद्धा दायर भएको त्यहाँका प्रहरी प्रमुख डिएसपी लोकनाथ तिम्लिसेनाले जानकारी दिए । ३३ वर्षिया मुसिकोट ए ( नाम परिवर्तित ) महिलालाई सोही वडाका गोपाल भन्ने ४८ वर्षिय मेकबहादुर कौशलले वलात्कार गरेको अवस्थामा प्रहरीले पक्राउ गरी मुद्धा दायर गरेको छ ।

त्यस्तै भदौ ४ गते साढे सात बजेको समयमा तिलोत्तमा नगरपालिका–६, मणिग्राममा बर्ष १६ की कञ्जुलापुर ( नाम परिवर्तन ) कि किशोरीलाई सोही वडामा दुई जना पुरुषहरुले सामुहिक वलात्कार गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरी मुद्धा चलान गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देही तिलोत्तममा–६ का ४९ वर्षिय देवेन्द्र नारायण चौथरी , र सप्तरी जिल्ला सोम नगरपालिका–६ भई सोही स्थानमा बस्दै आएका बर्ष १९ का सन्तोष चौधरी रहेका छन ।

उनिहरुलाई अदालतमा म्याद थप गरी मुद्धा अगाडी बढाईएको डिएसपी मल्ले जानकारी दिए । उता पाहडी जिल्ला पुर्वी रुकुम र गुल्मीमा पनि यस हप्ता भित्र दुई वलात्कार घटना घटेका छन । रुकुममा १६ बर्षिया किशोरीलाई १८ बर्षिय युवाले बलात्कार गरेको त्यहाँका प्रहरी प्रमुख डिएसपी लोकनाथ तिम्लिसेनाले जानकारी दिए ।

गुल्मीको ईस्मागाउँपालिका वडा नम्वर–५ म्याला विसौनाका ५६ वर्षिय ८ सन्तानका बाबु धनबहादुर चुँदराले स्थानिय मानसिक सन्तुलन ठिक नभएकी ४६ बर्षिया महिलालाई भदौ ७ गते साढे दश वजेको सयममा एउटा कयरोमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी रोशन खड्काले जानकारी दिए । त्यस कार्यालय मुद्धाफाँटका सई शेरबहादुर खत्रीले निजलाई अदालतबाट ७ दिन म्याद थपेर कार्वाही प्रकृया अगाडी बढाईएको बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D