gulminews logo
बिहीबार, २०८० चैत्र १५

नयाँ मुलुकी ऐन अनुसार यस्ता छन् पुरुषले सम्बन्ध विच्छेद माग्न पाउने ४ ब्यवस्था

हुमाकान्त पोखरेल
गुल्मी । १२ कार्तिक । रेसुङ्गा नगरपालिका गुल्मीका ३८ बर्षिया राजेन्द्र खत्री रोजगारिको शिलशिलामा केहि बर्ष विदेश बसे । उनकी श्रीमती भने घरमा थिइन् । विदेशबा राजेन्द्रले कमाएर पठाउथे भने स्वदेशमा श्रीमतीले खर्च गर्थिन् । त्यत्तिमात्र होइन, श्रीमतीका लागि आवश्यक मोबाइल फोनसम्म उनले विदेशबाटै पठाइदिए । सुरुमा त खत्रीले श्रीमतीको माया पाएकै हुन्, तर त्यो माया सधै टिक्न सकेन ।

केहि समयपछि श्रीमतीले घरमा छोराछोरीलाई पिट्ने, घरमा नबसी माइत बस्ने, केहि समय मात्र घरमा बस्ने जस्ता कार्य दोहो¥र्यादैँ गइन् । जब श्रीमान घरमा आएर बस्न थाले, श्रीमतीले आफ्नै श्रीमान राजेन्द्रमाथि पनि हातपात गर्न सुरु गरिन् । र राजेन्द्रले उनीसँग जिवन काट्न नसकिने निर्णय गरे र अदालतको ढोका ढक्ढक्याए । ‘घरमा नबस्ने त सामान्य कुरा थियो, छोराछोरी र मलाई समेत पिट्न थालेपछि उनीसँग जिवन चल्ने कुनै छाँट देखिन ।’ खत्रीले भने, ‘सम्बन्ध विच्छेदको लागि अदालत आए ।’

सरकारले भदौ १ गतेदेखि नयाँ मुलुकी ऐन लागु गरेको छ । जसअनुसार श्रीमतीविरुद्ध श्रीमानले पनि अदालतमा मुद्धा दर्ता गराउन पाउनेछन् । यसै कानुनलाई आधार मान्दै राजेन्द्रले श्रीमतीविरुद्ध सम्बन्ध विच्छेदको लागि अदालतमा मुद्धा दर्ता गराएका हुन् ।

हुन त उनले यसभन्दा अगाडी धेरैपटक जिल्ला प्रहरी कार्यालय र रेसुङ्गा नगरपालिकामा उजुरी नदिएका पनि होइनन् । तर प्रहरी र नगरपालिकाले सधै बाध्यात्मक मिलापत्र गराएर पठायो । भने कतिपय अवस्थामा श्रीमतीकै पक्षमा निर्णय गरिदियो । जसले गर्दा उनी बाध्यतालेक कागजी रुपमा श्रीमतीसँग सँगै थिए । तर भदौ १ गतेदेखि लागु भएको नयाँ मुलुकी ऐनले उनलाई अदातको ढोका एकदमै सहज बन्यो ।

‘धेरै पटक प्रहरी र नगरपालिकामा उजुरी दिए, तर सधै मिल्न बाध्य बनाए, धेरैपटक श्रीमतीकै पक्षमा निर्णय गरे ।’ उनले भने, ‘घरमा फर्केपछि उस्तै हुन्थ्यो, पिडा मनमै राख्नुबाहेक केहि उपाय थिएन ।’ तर नयाँ मुलुकी ऐन आएपछि आफूले धेरै राहात पाएको उनको भनाई छ । ‘पिडा मनमै गुम्साएर राख्नुपरेको थियो, च्यापिएर बस्नुपरेको थियो ।’ उनले भने, ‘नयाँ मुलुकी ऐन आएपछि मलाई अदालत आउन सहज भएको छ, मुद्धा मैले नै जित्नेमा आत्मविश्वासी छु ।’ उनको मुद्धा अहिले अदालतमा विचाराधिन छ ।

पहिलो महिनामा नै ६१ प्रतिशत मुद्धा पुरुषका
अहिले खत्री मात्र होइन, श्रीमतीसँग सम्बन्ध विच्छेद माग्ने पुरुषका मुद्धा जिल्ला अदालतमा धेरै छन् । ऐन लागु भएको भदौदेखि असौजसम्म मात्रै ३७ पुरुषले सम्बन्ध विच्छेदको लागि मुद्धा दर्ता गराएको जिल्ला अदालतको तथ्याङ्क छ । जबकी महिला ३६ जनाले मुद्धा दर्ता गराएका छन् ।

सबैभन्दा धेरै त ऐन लागु भएकै महिना भदौमा नै सबैभन्दा बढी पुरुष सम्बन्ध विच्छेदको लागि अदालत आए । भदौमा सम्बन्ध विच्छेदका लागि आएका कुल ४३ मुद्धामध्ये ६१.७६ प्रतिशत अर्थात २१ मुद्धा पुरुषले दर्ता गराएका छन् । भने महिलाले ३८.२३ प्रतिशत अर्थात १३ मुद्धा दर्ता गराएको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार दुर्गा बस्यालले जानकारी दिए । भने असौजमा महिला नौ र पुरुष छ तथा कार्तिकमा महिला १४ र पुरुष १० जनाले सम्बन्ध विच्छेदको लागि मुद्धा दर्ता गराएको जिल्ला अदालतले जनाएको छ ।

नयाँ मुलुकी एन अहिले धेरै श्रीमतीपिडित पुरुषहरुलाई न्याय माग्ने सजिलो माध्यम बन्दै बनेको छ । बढ्दो बैदेशिक रोजगार, श्रीमतीले रकम हिनाबिना, घर नबस्ने जस्ता प्रमुख कारणले श्रीमानले सम्बन्ध विच्छेदको लागि मुद्धा दिने गरेको अदालतले जनाएको छ । ‘पुरुषहरु पनि समस्यामा पर्नुहुँदो रहेछ भन्ने पुष्टि भयो ।’ श्रेस्तेदार बस्यालले भने, ‘त्यसैले अदालत आइरहनुभएको छ ।’ श्रीमतीले अर्कैसँग शारीरिक सम्पर्क गरेको पुष्टि भएमा लगायतका कारणले पुरुषले सम्बन्ध विच्छेद माग्न पाउने मुलुकी एनेमा ब्यवस्था गरिएको श्रेस्तेदार बस्यालले जानकारी दिए ।

यस्तो छ कानुनी प्रक्रिया
नयाँ मुलुकी देवानी संहिताको दफा ९४ को ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ मा पुरुषले सम्बन्ध विच्छेद माग्न पाउने ब्यवस्था छ । जसअनुसार ‘क’ मा कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन बर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा सम्बन्ध विच्छेदको लागि आवेदन दिने ब्यवस्था छ ।

त्यस्तै ‘ख’ मा पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा सम्बन्ध विच्छेद गर्न पाउने ब्यवस्था छ ।

त्यस्तै दफा ४ को ‘ग’ मा पत्नीले पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानिसिक कष्ट परेमा तथा ‘घ’ मा पत्नीले अन्य कुनै पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पुरुषले पनि सम्बन्ध विच्छेदको लागि अदालतमा निवेदन दिने ब्यवस्था गरिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D