अपराध

नक्कली नोट दिएर बहुमूल्य धातु किन्ने गुल्मीका अर्याल सहित ५ पक्राउ

सन्तोष श्रेष्ठ
धादिङ, चैत २४ । पृथ्वी राजमार्गको गल्छी चोकबाट प्रहरीले नक्कली नोटको कारोबार गर्ने पाँच जना ठगलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले स्कर्पीयो जिप र तिन लाख ३९ हजार पाँच सय नगदसमेत बरामद गरेको हो ।

ठगहरु विभिन्न स्थानमा बहुभूल्य पुराना सर सामानको खोजी गर्दै हिड्ने र महङ्गो मूल्यमा किन्छु भन्दै सामान लिएपछि कागज का नक्कली दिएर भाग्ने गरेको खुलेको छ । उनिहरुको साथबाट प्रहरीले झोलामा लुकायर राखेको तिन लाख ३९ हजार पाँच सय र एक हजार र पाँच सयको नक्कली नोटसहित बा १४ च ६३६७ नम्वरको स्कर्पियो जिप पनी बरामद गरेको छ । उनीहरु काठमाण्डौं तर्फबाट नुवाकोटतर्फ जादैगर्दा गल्छीमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रसुवा नौकुण्ड गाउँपालीका ६ का २० वर्षीया बुद्धमाया तामाङ्ग, सोही ठाँउका ३० वर्षीय सुकुमान तामाङ्ग, सिन्धुपालचोक ईन्द्रावती गाउँपालीका ४ का २८ वर्षीय पुरुषोत्तम सापकोटा, गुल्मी मालीका गाउँपालीका ४ का २३ वर्षीय हिमाल अर्याल र सिन्धुली सुनकोशी गाउँपालीकाका २७ वर्षीय सुजन बैद्य रहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । उनीहरुको साथबाट सक्कली पैसा तीन लाख ३९ हजार पाँच सय र एक झोला कागजका नक्कली नोट बरामद गरिएको हो ।

निज ठगहरु १ करोडमा डिल भएको लाईट स्टोन खरिदका लागी तिन लाख ३९ हजार पाँच सय सक्कली र अरु नक्कली पैसा झोलामा भरी रसुवा जाँदै थिए । प्रहरीले शंका लागी खोज तलास गर्दा नक्कली नोटले भरिएको झोलामाथि पैसा फिजायर राखेको अवस्थामा नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख राजकुमार बैधवारले जानकारी दिनुभयो ।

उनिहरु पाँचै जनालाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D