समाचार

धुर्कोट गाउँपालिकाको ‘पत्रकारीता बर्ष पुरस्कार’ पत्रकार पोखरेललाई

१५ जेठ, गुल्मी । गुल्मीका क्रियाशिल पत्रकार हुमाकान्त पोखरेल सम्मानित भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिकाले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

गाउँपालिकाले ‘पत्रकारीता बर्ष पुरस्कार’ अन्तरगत नगद रु. १० हजार, सम्मान पत्र र दोसल्लासहित उनलाई सम्मान गरको हो । पत्रकारीताको माध्यमबाट गाउँपालिकाको प्रचार–प्रसार र विकासमा सहयोग गरको भन्दै सम्मान गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।

पुरस्कार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले आगामी दिनमा थप सफलताको समेत शुभकामना ब्यक्त गरे । पत्रकार पोखरेल एबिसी टेलिभिजन, न्यूजसेवा डटकम, सामुदायिक रेडियो स्काई, गुल्मीन्यूज डटकम, धरातल, साझानेटवर्क लगायतका मिडियामा आवद्ध छन् । यसरी स्थानिय तहले पत्रकारलाई सम्मान गरिएको गुल्मीमा पहिलो पटक हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D