gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

धुर्कोटमा पेचिलो बन्यो चुनावी भिडन्त: एमालेको साथ माओवादीलाई, कांग्रेस र समाजबादीको गठबन्दन

गुल्मी, २६ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा गठबन्धनका उम्मेदवार बिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । सो गाउँपालिकामा नेपाली कांग्रेस र एकीकृत सामाजवादी बिच चुनावी गठबन्धन भएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच चुनावी तालमेल गरेका छन् । सत्तापक्षका दलहरु बिच जिल्लाभर चुनावी गठबन्ध गर्ने भनिएपनि धुर्कोट गाउँपालिकामा भने फरक दल बिच गठबन्धन गरेर प्रतिस्पर्धामा छन् । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच चुनावी तालमेल गरेर निर्वाचनमा गएका थिए । नेकपा एमाले एक्लै उम्मेदवार उठाएको थियो ।

त्यस निर्वाचनमा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्षमा निर्वाचित भएको थियो । तर यसपटक फरक खालको गठबन्धन भएको छ । जिल्लाका अन्य स्थानीय तहमा माओवादी केन्द्र र नेपाली कांग्रेस मिलेर उम्मेदवार उठाएका छन् । धुर्कोट भने फरक गठबन्धन भएको छ । यस गाउँपालिकामा नेकपा एमाले, नेपाली कांग्रेस बलिया शक्ती हुन् । धुर्कोटमा ०७४ सालको मतअनुसार तीनवटा पार्टी एक्ला एक्लै निर्वाचनमा गए नेकपा एमाले पहिलो शक्तीका रुपमा देखिन्छ ।

नेपाली कांग्रेस दोस्रो शक्ती र तेस्रोमा माओवादी केन्द्र देखिन्छ । यस गाउँपालिकमा गरिएको गठबन्धन अनुसार नेकपा एमाले यसपटक पनि अध्यक्ष पदमा नआउने भएको छ । जसले माओवादी केन्द्रलाई समर्थन गरेको छ । नेकपा माओवादी केन्द्रबाट निर्वतनमान गाउँपालिका अध्यक्ष भुपाल पोखरेल पुनःअध्यक्ष पदका उम्मेदवार बनेका छन् भने एकीकृत सामाजवादी र नेपाली कांग्रेस बिच तालमेल अनुसार नेपाली कांग्रेसका महेन्द्र भण्डारी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका छन् ।

उपाध्यक्ष पदमा नेकपा एमालेबाट सीता गिरी र एकीकृत सामाजवादीबाट चन्द्रबहादुर सुनार उपाध्यक्ष पदका उम्मेदवार हुन् । यसपटक नेपाली कांग्रेस अध्यक्ष पद आफनै कोल्टामा ल्याउने दाउमा रहेको छ भने माओवादी केन्द्रले पनि पुन अध्यक्ष पद जित्नै पर्नेछ । उपाध्यक्ष पद पाएको नेकपा एमालेलाई भने प्रमुख पद नपाएपछि त्यति उत्साह छैन् । आफ्नो पकट क्षेत्र रहेको एमालेले प्रमुख पद अर्कैलाई दिने गरिएको सम्झौताले पनि अघिल्लो निर्वाचनमा जस्तो उत्साह एमालेलाई छैन् ।

अघिल्लो निर्वाचनमा कांग्रेससँग मिलेर एमालेका उम्मेदवार पराजित गराएको पार्टी नेकपा माओवादीसँग मिल्दा पनि मतका आधारमा घाटा भएको आँकलन उनिहरुको रहेको छ । निर्वाचनको मिति नजिकीएसँगै उम्मेदवारहरु आफना प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा व्यस्त छन् । गठबन्धन गरेर बलिया बनेका उम्मेदवारहरुले मत तान्न आफ्न लोकप्रिय ऐजेन्डाहरु मतदाता समक्षा प्रस्तुत गरेका छन् ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D