समाचार

धुर्कोटमा नमुना सहिद पार्कको शिलन्यास

टोपलाल अर्याल
गुल्मी, ११ असार । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले धुर्कोट गाउँपालिकाले यसै बर्षदेखि निर्माण थालेको गौरवको आयोजना ‘शहिद स्मृति पार्क’ को शिलन्यास गरेका छन् ।

पार्कको शिलन्यास गर्दै उनले पार्कको निर्माणसँगै यस क्षेत्रको पर्यटन विकास हुने भएकाले आर्थिक समृद्धिको ढोका खुल्ने बताए । उनले स्थानिय तहले गर्ने नमुना कार्यमा आफ्नो सधै सहयोग र साथ रहने प्रतिबद्धता ब्यक्त गरे । धुर्कोट गाउँपालिकाले यो बर्ष गाउँपालिकाभित्रका चारवटा सहिदको नाममा महत्वपूर्ण योजना अगाडी सारेको छ ।

सहिद पार्कमा चारैजना सहिदहरुको शालिक निर्माण गरिने गाँउपालिकाका उपाध्यक्ष शिव बहादुर केसीले बताए । यो सँगै गाउँपालिकाले अर्का सहिद खिमविक्रम नेपाली, विष्णु बस्नेत र जेदुराम भण्डारीको स्मृतिमा सडक तथा भवनहरु निर्माण गरिने केशीले बताए ।

धुर्कोट गाउँपालिकाले यसै बर्षदेखि निर्माण थालेको गौरवको आयोजना ‘शहिद स्मृति पार्क’ को शिलन्यास गर्दै मन्त्री बिष्ट ।

नमुना गाउँपालिकाका बनाउँछौ ः गाउँपालिका प्रमुख
धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले पाँच बर्षमा नमुना गाउँपालिका बनाउने बताए । उनले शहिद पार्क, धुर्कोट संग्राहालय, पिपलधारा खेल मैदान, जैसीथोक गोपेलाई नमुना बस्ती, एक टोल एक पोखरी, उत्पादनमा आधारित अनुदान, खरका छाना मुक्त गाउँपालिका, एक घर एक धारा, कृषक परिचय पत्र, पशुलाई सुत्केरी भत्ता लगायतका महत्वपूर्ण कार्यक्रम मार्फत धुर्को गाउँपालिकालाई आत्मनिर्भर र आर्थिक समृद्धि सहितको नमुना गाउँपालिका बनाउने पोखरेलले बताए ।

सोमबार मन्त्री बिष्टले धुर्कोट गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीसंग पनि भेटघाट गरेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D