gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

धुर्कोटमा नमुना मतदान: ८५ बर्षिय बृद्धको पहिलो मत, ९० मत खस्दा १२ बदर

टोपलाल अर्याल
गुल्मी, २२ बैशाख । जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा धुर्कोट गाउँपालिकामा नमुना मतदान सम्पन्न भएको छ । बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको हो । निर्वाचन कार्यालयले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले बिहिबार नमुना मतदान गराएको हो ।

दुई घण्टासम्म भएको नमुना मतदानमा ४१ महिला र ४९ पुरुष गरेर ९० जनाले मतदान गरेका थिए । जसमा १२ मत बदर भएका छन् । स्थानीय ८५ बर्षीय बृद्ध ढुण्डीरा भण्डारीले पहिलो मत खसालेको धुर्कोट गाउँपालिकाको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन् । स्थानीय सवै उमेर समुहका बिद्यार्थी, क्लव, रेडक्रम, दल र नागरिक समाजका प्रतिनिधीले मतदान गरेका थिए । कुल मतको १३.३३ प्रतिशत बदर हुनु दुख बिषय भएको बताउँदै मतदाता शिक्षा प्रभावकारी बनाउनुपर्ने बताइन् ।

प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, निर्वाचन अधिकृत माया कुवंर, सुरक्षा निकायका प्रमुख तथा स्थानीय तहका प्रमुख एवं प्रतिनिधीहरुको नमुना मतदान कार्यक्रममा सहभागीता रहेको थियो । मतदानका सवै विधी र प्रक्रियाहरु अबलम्बन गरेर नमुना मतदान हुने गर्छ । यो निर्वाचनमा एक वटा मात्रै नमुना मतदानको कार्यक्रम रहेको छ । बिगतमा निर्वाचन क्षेत्र अनुसार नमुना मतदान हुने गर्दथ्यो । भने अहिले घर–घरमा मतदाता शिक्षाको कार्यक्रम पनि रहेको छैन् । २८ र २९ बैशाखमा मतदान अधिकृतको नेतृत्वका मत परिचय लिन आउनेहरुलाई मतदाता शिक्षा प्रदान गरिने निर्वाचन कार्यालयको निर्वाचन अधिकृत माया कुवंरले जानकारी दिइन् ।

गत स्थानीय तहमा निर्वाचनमा कहाँ कति मत बदर

जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार गत ०७४ सालको स्थानीय तहको निर्वाचनमा धुर्कोट गाउँपालिकामा ६.३९, इस्मा गाउँपालिकामा ६, कालिगण्डकीमा ५.९८, गुल्मीदरवारमा ३, चन्द्रकोटमा ७.९७, छत्रकोटमा ५.०८, मदानेमा ९.१६, मालिकामा ५. ०४, मुसिकोट नगरपालिकामा ३ं.३७, रुरु गाउँपालिकामा ५.३१, रेसुंगा नगरपालिकामा २.५३ र सत्यवति गाउँपालिकामा ५.९४ प्रतिशत मत मदर भएको थियो ।

गुल्मीमा १५ मतदान स्थल अति संवेदनशील छन् । अति संवेदनशिल मतदान स्थल कालीगण्डकी, मालिका, मदाने, सत्यवती र चन्द्रकोट गाउँपालिकामा पर्छन् । ४१ वटा मतदान स्थलहरु संवेदनशील र ८६ वटा मतदान स्थलहरु सामान्य रहेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिनुभयो । संवेदनशील स्थलमा सुरक्षा र अन्य व्यावास्थापन राम्रोसंग गरिएको पौडेलले बताउनुभयो । भौगोलिक अवस्था, यातायातको पहुँच र सीमाका आधारमा मतदान स्थलको वर्गिकरण छ ।

चार मतदान स्थल र २८ वटा मतदान केन्द्र थप

स्थानीय निर्वाचन ०७४ भन्दा अहिले चार मतदान स्थल र २८ वटा मतदान केन्द्र थप गरिएको छ । दुई नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा कुल एक सय ४२ मतदान स्थल रहेका छन् । भने दुई सय ७९ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेयले जानकारी दिए । जिल्लामा सबैभन्दा कम इस्मा गाउँपालिकामा आठ र सबैभन्दा बढी सत्यवती गाउँपालिकामा १६ मतदान स्थल रहेका छन् । गुल्मीमा महिला एक लाख १४ हजार दुई सय ५१ र पुरुष एक लाख १० हजार ५९ गरेर कुल दुई लाख २४ हजार दुई सय ७६ मतदाता रहेका छन् । भने दुई २ जना अन्य मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D