gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

धुर्कोटको अध्यक्षमा काँग्रेसबाट महेन्द्र भण्डारी

गुल्मी, ८ बैशाख । धुर्कोट गाउँपालिकाको अध्यक्षमा काँग्रेसबाट महेन्द्र भण्डारी उमेदवार भएका छन् । नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारी नेपाली कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार बनेका हुन् ।

नेपाली काँग्रेस धुर्कोट गाउँकार्यसमितिले भण्डारीलाई सर्वसम्मत चयन गरेको सभापति हरि बहादुर थापाले जानकारी दिए । महेन्द्र भण्डारी कांग्रेसका लागि आफ्ना ब्यक्तिगत अवसर गुमाउनुका साथै धुर्कोटको समग्र बिकासमा उनले दिएको चाँसो र चिन्ताका कारण सबैले सर्वसम्मत उमेदवार बनाएको पालिका सभापति थापाले बताए ।

भण्डारी कांग्रेसमा मात्र नभई अन्य दलसंग पनि लोकप्रिय नेताका रुपमा पहिचान बनाएका नेता हुन । निरन्तर राजनीतिमा सक्रिय भण्डारी स्थानीय र राष्ट्रिय स्तरमा निकै सक्रिय मानिन्छन् ।

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेस माओवादीको गठबन्धन बाट माओवादीका भुपाल पोख्रेल अध्यक्षमा र कांग्रेसका शिव केसी उपाध्यक्षमा निर्वाचित भएका थिए । गठबन्धनको प्रमुख शक्तीका रुपमा रहेको कांग्रेसले प्रमुख पद पाउनेमा गठबन्धनबाट लगभग निश्चित रहेको छ ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D