समाचार

धुँवाखोलामा होमस्टे तालिम जारी: खाना बनाउने, योगा र ट्रेकिङ गाईड तालिम

केशबराज क्षेत्री
बरेङ, आषाढ २० । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुङमा आधारभूत घरबास सम्बन्धी तालिम सन्चान भईरहेको छ । काठमाडौँबाट पर्यटनविद जगत शेखर ढकालको नेतृत्वमा आएका ८ जना प्रशिक्षकहरु धुवाँखोला होमस्टेमा नृत्य, संगीत , सरसफाइ, व्यवस्थापन, विभिन्न खानाका परिकार बनाउने, सर्भिस गर्ने, योगा ध्यान, ट्रेकिङका लागि गाइड, विविध विषयमा तालिम भैरहेको होमस्टे सञ्चालनका अध्यक्ष राजेन्द्र गुरुङले बताए ।

रमाइलो वातावरणमा समुहमा विविध विषयका बारेमा जान्न पाउँदा होमस्टे सञ्चालकहरु खुसी महशुस गरेका छन् । विगत एक वर्षबाट होमस्टे स्थानीय आमासमूह र क्लबहरुले सञ्चालनमा लिदैँ आइरहेका छन् । पर्यटकको उपस्थिति राम्रै रहेको हालसम्म आम्दानी चित्त बुझ्दो भएकोले उनीहरु अझै व्यवस्थित गरि घरवास कार्यक्रमलाई सञ्चालन गर्ने बताएका छन् ।

धुवाखोला होमस्टेमा आउने पाहुनाहरु स्थानीय सांस्कृतिक परम्परमा रमाउन पाउने, स्थानीय गाउँ वरपरका ऐतिहासिक धरोहरसँगै सिद्धबाबा कालिलेख, हिले सत्यवती मन्दिर, अवलोकनसँगै स्थानीय स्तरमा उत्पादित फलफुल, तरकारी, कोदोको ढिडो, कोदोको सेल, आटो, गुन्द्रुक मकै, मकैको सेल, विशुद्ध अर्गा्निक निउरो खान पाइने होमस्टे सञ्चालक समितिका सचिव आशिष गुरुङले जानकारी दिए ।
एक हप्ते घरवास सम्बन्धी तालिमको उद्घाटन मङ्गलबार कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद थापा मगरले गरेका थिए । तालिम २२ गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D