अपराध

तीजमा बन्चरोले हानेर बुहारीको हत्या

प्रेम सुनार
भदौ २७ । दिदी बहिनी बिच दुख सुख साट्ने महान हरितालिका तीजमा महिलाद्धारा महिला माथी जघन्य प्रकारको हिंसाको खबरले म्याग्दी जिल्लामा सन्नाटा छाएको छ । मंगलबार दर खाने दिनमा म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर–१ निस्कोट बस्ने ४५ वर्षीया लक्ष्मीदेवी पटेलले छिमेकी बुहारी नाता पर्ने ३० वर्षीया लोकमाया पटेललाई हत्या गरेकी हुन ।

ति महिलाले मंगलबार साँझ बाटो हिँडेकी बुहारीलाइ बञ्चरो प्रहार गरी हत्या गरेको र अभियुक्त ति महिलालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकबहादुर गुरुङ्गले जानकारी दिए । के बिवादमा हत्या गरिएको रहेछ ? भन्ने प्रश्नमा गुरुङ्गले भने –‘त्यो भने बुझ्न बाँकी छ, टाउकोमा बञ्चरो प्रहार गरी घटनास्थलमै हत्या गरेको हो । उनलाई पक्राउ गरी नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाईएको छ । ’

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D