छिमेकका समाचार

तिप्ल्याङ जिप दुर्घटना रहस्य यस्तो रहेछ, फरार चालकले प्रहरीलाई दिए यस्तो बयान

ईन्द्र थापा मगर
म्याग्दी, असार २१ । म्याग्दी जिल्लाको बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा गत बिहिबार कालिगण्डकीमा जीप दुर्घटनामा बेपत्ता भएका बेनी नगरपालिका–९ काउलेगौँडाका ३२ बर्षिय रवी खड्का करिव एक सातापछि सम्पर्कमा आएका छन् ।

अन्नपूर्ण गाउँपालीका– ७ घराम्दी देखि सदरमुकाम बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट तल कालीगण्डकीमा खसेको जानकारी पाएलगत्तै प्रहरी, आफन्त र शसस्त्र प्रहरीको टोलीले दुर्घटनास्थलबाट आस पासका क्षेत्रमा लगातार खोजी कार्य गरेपनि बेपत्ता खड्का र घराम्दीकी २० बर्षिया सबिता नेपालीको अवस्था पत्ता लगाउन सकेका थिएनन्। दुर्घटनाबाट करिव ३ सय मिटर तल जीप भित्र खड्का र नेपाली समेत नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो ।

बर्षासंगै पानीको बहाब बढेको कारण दुबै जनालाई बगाएर बेपत्ता बनाएको प्रारम्भीक अनुमान गरिएको थियो। ओडार र गाँउ गोडाको सिमानामा भएको दुर्घटनामा परेका खड्का जिवितै परिवारको सम्पर्कमा आएका हुन् । चालक जिवितै भेटिए पनि उनीसंग जीपमा सवार नेपालीको अवस्था अज्ञात छ ।प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढमगरका अनुसार गाडीको स्टेरिङ फेल भएपछि गाडीसंगै खोलामा खसेका खड्काले पौडी खेलेर बाहिर निस्किएको बयान दिएका छन् ।

दुर्घटना लगत्तै वेपत्ता भएका खड्का र नेपालीको परिवार समेत सुरक्षा निकायकै समन्वयमा कालिगण्डकी नदीमा खोजीकार्यमा जुटेका थिए । दुर्घटना भएको झण्डै एक सातापछि चालक पोखरातर्फ रहेको जानकारी पाएपछि आफन्तको सहयोगमा उनी प्रहरीको सम्पर्कमा आएपछि नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक बिर बहादुर बुढामगरले जानकारी दिए ।

दुर्घटना भएको यति धेरै दिन पछि चालक सम्पर्कमा आएपछि घटनाको बारेमा आबश्यक अनुसंधान प्रकृया अगाडी बढाईएको प्रनाउ बुढामगरले जानकारी दिए ।दुर्घटनाग्रस्त जिपका चालक खड्काले गाडी अकस्मात दुर्घटनामा परे पछि आफु खोलामा उछिट्टीएको र पौडीएर बाहीर निस्कन सफल भएको बयान दिएका छन् ।

दुर्घटना पछि लुकेर एक साता पछि चालक सम्पर्कमा आएका छन । कालीगण्डकी नदीमा भएको जिप दुर्घटनाको रहस्य थप गहिरिएको छ । सो दुर्घटनामा परेकी नेपालीको अबस्था भने अहिले सम्म पनि पत्ता लाग्न सकेको छैन् ।

खोलाबाट निस्किए लगत्तै रातको समयमा ओडारमा बसेको खड्काले प्रहरीलाई बताएका छन् । खड्काको अवैध गर्भ रहेपछि हिस्तानका घराम्दीका आमा समुहको एक भेलामा यूवतीलाई जिम्मा लगाएका थिए ।यूवतीलाई लिएर बेनी तर्फ आउँदै गरेका खड्काले दुर्घटनामा परेपछि करिव एक सय मिटर तल ओडारमा बसेर रातको समयमा लुकेर पर्वत बेनी हुदै मिलनचोक पुगेको बताएका छन् ।

माक्स लगाएर मिलनचोक हुदै पोखार र चितवनमा पुगेर अन्तिम समयमा परिवारको सम्पर्कमा आएका थिए । प्रहरीले समेत घटना नियोजित हुन सक्ने भन्दै खोजीकार्य संगै खड्काका आफन्तसंग घटनालाई फरक तरिकाले अनुसन्धान गरिरहेको थियो । चितवनमा पुगेर आफन्तकोमा बसेको बताए पनि ठाउँ र नाम प्रहरीलाई जानकारी गराएका छैनन् । मोवाइल जीप भित्र खसेकाले सम्पर्क विहिन भएको खड्काका प्रारम्भीक बयानलाई आधार मान्दै प्रनाउ बुढामगरले स्रोर्तलाई बताएका छन् ।

खोलामा जीप संगै खस्नु, चालक बाहिर निस्किएर चितवनमा पुग्नुले प्रहरीले घटना नियोजित हुन सक्ने आधारमा समेत अनुसन्धान गरिरहेको छ । तत्कालै खोलाबाट सम्पर्कमा आएको भएमा घटनालाई दुर्घटनाको रुपमा हेर्न सकिने प्रसस्तै आधार भए पनि लुकेर पोखरा, चितवनमा पुगे पछि परिवारको सम्पर्कमा आए पछि घटना रहस्यमय भएको प्रहरीको भनाई छ । घराम्दीका ओम बहादुर रन्तिजाको बोलेरो चलाउँदै आएका गाडी चालक खड्काले गाउँमा सविताको पेटमा भएको बच्चा आफ्नो भएको स्वीकार गरेका थिए । गर्भवती यूवतीले समेत खड्काको गर्भ भएको बताए पछि आमा आमा समुहले जिम्मा लगाए लगत्तै जीप लिएर बेनी तर्फ हानिएका थिए ।

कसरी सम्पर्कमा आए गाडी चालक खड्का ?
घटना लगत्तै जोखिम मोलेर प्रहरी, स्थानीय र आफन्तले खोलामा खोजीकार्य गरिरहेको अवस्थामा जिवितै पोखरा पुगेका थिए ।रातको समयमा पैदल तथा अपरिचित सवारी साधनबाट पोखरामा पुगेका गाडी चालक खड्काको परिवारले जिवित नभई मृत शरीर भेटिने आश समेत मारेका थिए ।

बर्षासंगै कालीगण्डकीको बाहव बढ्दै जान थालेपछि जीप भित्र समेत नभेटिएका खड्का र नेपालीको खोजीकार्य स्थगित गरिएको थियो । म्याग्दी जिल्लाको बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङ देखी सदर मुकाम बेनी सम्म खोला आस पासका क्षेत्रमा खोजीकार्यमा जुटेका आफन्तले मृत घोषित गर्न सकेनन् ।

घटना स्थलमा चालक खड्काको केही पनि नभेटिए पछि उनले ज्यान जोगाएर भोगेको हुन सक्ने अनुमान समेत गरिएको थियो । जीपमा खड्कासंगै सवार नेपालीको पहिचान खुल्ने केही नभेटिएपछि दुर्घटनाको बाहना बनाएर नयाँ जिवन सुरुवात गरेको हुन सक्ने अनुमान गरिएको थियो।घटनाको करिव एक साता पछि खड्का मात्रै जिवित सम्पर्कमा आउनुले प्रहरीलाई अनुसन्धानका लागि नयाँ बाटो खुलेको छ । प्रहरीले घटनामा खड्काबाटै तथ्य सार्वजनिक गर्नेछ । प्रारम्भीक बयानमा जीपबाट आफुँ पानीमा खसेर पौडी खेलेर बाहिर निस्किएको बताए पनि उनको बयानबाट प्रहरी सन्तुष्ट हुने आधार भेटिएको छैन् ।

खोलामा खसेर जीवितै त्यो पनि शरीरमा कुनै पनि गम्भीर चोट न देखिएको र लगत्तै हिडेरै पर्वतमा पुग्न सक्ने गाडी चालक खड्काबाट बेपत्ता भएकी नेपालीको वास्तविकता पत्ता लाग्ने छ । कुनै फिल्मको सुटिङ्गको दृष्य जस्तै देखिने यो घटनाबाट प्रहरीले बेपत्ता नेपालीको पहिचानलाई सहजै खोल्ने दावी गरेको छ । बुधबार आफ्नै भाईसंग पोखराबाट बेनी आएका खड्कालाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ । बुधबार प्रारम्भीक सोझ पुछ गरे पनि बिहिबार म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

चालकले प्रहरीलाई दिएको ब्यान यस्तो रहेको छ:
मलाई घराम्दीबाट पोखरा जाने मान्छे छन् भनेर फोन आएको थियो । त्यस पछि म प्यासेन्जर लिन घराम्दी गएको थिए । म घराम्दी पुग्दा गाउका केही मान्छे जम्मा भएका थिए । सबिता नेपालीलार्इ आफ्नो पेटमा भएको बच्चा मेरो भन्न लगाए गाउका मान्छेले सिकाए पछि मैले मेरै हो भने । उनीहरुकै सल्लाहमा मैले उनको जिम्मा लिने गरि गाडीमा चढाएर ल्याएको हुँ । दुर्घटना भएको स्थानमा अकस्मात गाडी मेरो सन्तुलन भन्दा बाहिर गयो र हामी कालीगण्डकीमा खस्यौँ ।

गाडी खस्दै गर्दा म भाग्यले उछिट्टीएर खोलामा परे । म करिब एक सय मिटर तल खोलामा पौडी खेलेर बाहिर निस्कीए। दुर्घटना पछि गाडी र उनको अबस्था केही देख्न सकिन् । गाडी पुरै ढुब्न लागि सकेको थियो । दुर्घटनाबाट बाँचे पनि मलाई अरुले मार्छन भन्ने डर लाग्यो ।
आफु संगै आएको अर्को मान्छे सम्पर्कमा थिएन् । म उज्यालो भइन्जेल सडक मुनीको ओढारमा लुकेर बसेको थिए । साँझ परेपछि मोटरबाटो हुँदै गलेश्वर देखि पर्वत बगर फाँट हुँदै मिलन चोक पुगेर त्यहाँबाट गाडी चढेर गएको हुँ ।

(जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रनाउ वीर बहादुर बुढा मगर संगको कुराकानीमा आधारित)
यो घटना हुनु र गाडी चालक खडका जिबितै फरार भई एक हप्ता पछि आफन्तको सम्पर्कमा आए पछि धेरै कुराको प्रशन पैदा भएका छन हामी एस घटनालाई फलो गरीरहनै छौ गाडी चालक खडकाले गाउकी नेपालीलाई गर्बवती गराउनु र गाउका आमा समुहले गाडी चालक खडकालाई जिम्मा लगाए पछि सुईकार गरी जिम्मा लिएर गाडी दुर्घटना हुनु गाडी चालक खडका फरार भएर उक हप्तामा सम्पर्कमा आएन नेपाली सम्पर्क बिहिन रहनु पक्कै केहीन केही रहस्य न होला त हामी यो घटनालाई फलो गरीरहने छौ कहाँ छिन त गर्बवती नेपाली?

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D