भिडियोमहोत्सव

जब स्याङ्जाली नानीले गुल्मी पुगेर बबाल मच्चाईन्, तात्यो महोत्सबको माहोल (भिडियो)

गुल्मी, चैत २७ । चर्चित मोर्डन डान्सर सगुन थापाले बुधवार गुल्मी चेम्बर अफ कमर्सले गुल्मीको तम्घासमा आयोजना गरेको प्रथम पर्यटन तथा सास्कृतिक महोत्सब एंब ब्यापार मेलामा धमकेदार प्रस्तुती दिएकी छन् ।

यो पनि हेर्नुस्: गुल्मेली दर्शकले कुलेन्द्रलाई सालको पात…….. पाँच पटक गाउन बाध्य बनाए (भिडियो सहित)

मोर्डन डान्स क्विन भनेर चिनिने थापा हरेक मेला, महोत्सब र कार्यक्रमहरुमा आफ्नो प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरन्जन दिन सिपालु मानिन्छिन् । बुधवार तम्घासमा पनि उनी “झक्कास झापाली….” बोलको गीतमा आफ्नो नाच प्रस्तुत गर्दै उपस्थित दर्शकहरुलाई जुरुक जुरुक उचाल्दै मनोरन्जन दिन सफल रहिन् । स्टेजमा “रातो घर” चलचित्रको उक्त गीतमा सगुनले आफ्नो प्रस्तुती दिँदा दर्शकहरुले हुटिङले समर्थन गरेका थिए ।

यो पनि हेर्नुस्: काउली बुढीको अहिलेसम्मकै खतरा कमेडी, गुल्मी पुगेर यस्तो रमाइलो गरिन् (भिडियो)

हेरौँ भिडियो:

तम्घासमा जारी गुल्मी महोत्सवमा ‘गुल्मीको संमृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नाराका साथ सञ्चालन भइरहेको छ । महोत्सव सम्पन्न बिभिन्न गठित १९ वटा उपसमितिहरु गठन गरिएको थियो । महोत्सवबाट बचत भएको रकम मध्ये ४० प्रतिशत सामाजिक कार्यमा र अरु ६० प्रतिशत संस्थागत बिकासमा खर्चिने आयोजकहरुले बताएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D