gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मी महोत्सवमा बैशाख ६ गते ईन्द्रेणी टिमका कलाकारहरु आउने

अनिल खत्री
५ बैशाख, गुल्मी । गुल्मी महोत्सवको अन्तिम समापनको दिन ईन्द्रेणी टिमका कलाकारहरु आउने भएको छ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएकोे चौथो गुल्मी महोत्सवको समापनको दिन बैशाख ६ गते ईन्द्रेणी टिमका कलाकाहरुको बिशेष प्रस्तुति रहने महोत्सव मुल आयोजक प्रचार प्रसार समिति संयोजक ताराप्रसाद भुसालले बताए ।

चैत २५ गतेबाट सुरु भएको महोत्सव बैशाख ६ गतेसम्म चल्ने भएको छ । बैशाख ४ गतेसम्म चल्ने मिति तय भएपनि २ दिन समय थपेर ६ गतेसम्म लम्बाइएको हो ।

समापन कार्यक्रममा ईन्द्रेणीका कृष्ण कंडेल, छत्र शाही, मनमाया वाइवा लगायतका कालाकारहरुको प्रस्तुती रहने साँस्कृतिक कार्यक्रम संयोजक इश्वरी कंडेलले बताए । कार्यक्रममा बोमबहादुर कार्की, प्रकाश दुधराज, मञ्जु भट्टराई लगायत बिभिन्न नृत्यहरु पनि राखिने कंडेलले बताए ।

महोत्सवमा प्रत्येक दिन हुने साँस्कृतिक कार्यक्रममा ईन्द्रेणी टिमका कलाकारहरुको प्रस्तुतीका लागि माग गरेकचाले कलाकारहरु बोलाइएको हो । गुल्मी महोत्सवमा चिदीचौर खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु, मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिएको बाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए ।

महोसत्वमा दुई सय स्टल रहेका छन् । महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ ।

जिल्लामा उत्पादिन कफी, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक वस्तुहरु, लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिएको छ । महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D