gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मी महोत्सवबाट २१ लाख वढि बचत

अनिल खत्री
१३ जेठ, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको चौथो गुल्मी महोत्सवमा २१ लाख वढि बचत भएको छ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले गत चैत्रको २५ गतेदेखि ०७९ वैशाख ६ गतेसम्म महोत्सव आयोजना गरेको थियो ।

महोत्सव वाणिज्य संघले शुक्रवार पत्रकार भेटघाटको आयोजना गरेर आम्दानी खर्चको सार्वजनिक गरिएको हो । महोत्सवको आर्थिक व्यवस्थापन समितिका संयोजक रामप्रसाद पन्थीले कुल ८२ लाख ९२ हजार ६१० रुपैयाँ को आयव्य प्रस्तुत गरेका थिए ।

कुल रकम मध्ये बिभिन्न शिर्षकमा ६१ लाख ६४ हजार ९१९ रुपैया खर्च भएको पन्थीले बताए । महोत्सवमा टिकट, स्टल, रमाइलो मेला र प्रायोजक सहयोगबाट आम्दानी भएको आयोजकले जनाएको छ ।

मेलामा कलाकार, स्टल निर्माण, यातायात÷खाना वास, साउण्ड सिष्टम, सुरक्षा खर्च, प्रचार प्रसार कार्यालय व्यवस्थापन सम्पूर्ण खर्च, मञ्च गेट निर्माण शिर्षकमा खर्च भएको जानकारी गराइएको थियो । महोत्सवमा बिभिन्न संघ संस्थाबाट ६ लाख ५० हजार रकम उठन बाँकी रहेको आयोजकले जनाएको छ ।

महोत्सव आयोजकले सोचे अनुसार नै पूर्ण रुपमा सफल भएको र सम्पन्न गर्न सहयोग गर्ने सबैलाई गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्साद पौडेलले धन्यवाद दिए । १२ दिनसम्म तम्घासको चिदिचौर खेलमैदानमा चलेको महोत्सवमा करिव ६ करोड बढिको आर्थिक कारोवार भएको थियो ।

महोत्सवका लागि २ सय स्टल राखिएको थियो । महोत्सव अबलोकनका लागि करिव ६० हजारले टिकट काटेका थिए ।

वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको थियो । तर कोरोना महामारीले गर्दा तोकीएको समयमा गर्न सकेको थिएनन् ।

महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत बाणिज्य संघको आम्दानीमा राखिने वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए । महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरिएको भुसालले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D