gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

छत्रकोटको अध्यक्षमा काँग्रेसबाट उपसभापति पौडेल सर्वसम्मत

गुल्मी, ११ बैशाख । गुल्मीको छत्रकोट गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अनन्तराम पौडेल अध्यक्षको उमेदवार बनेका छन् । नेपाली काँग्रेस गुल्मीका उपसभापति समेत रहेका पौडेल छत्रकोट गाउँपालिकाको लागि काँग्रेसको तर्फबाट सर्वसम्मत उमेदवार बनेका हुन् ।

गाउँपालिकामा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथामिकता दिएइर अगाडि बढ्ने आफ्नो एजेण्डा भएकोले छत्रकोटबासीले आफुलाई रोज्ने गाउँपालिका अध्यक्षका उमेदवार पौडेलले बताए । आफु गाउँपालिकाको अध्यक्षमा अत्याधिक मतले बिजयी हुने पौडेलको दाबी छ । उनले गाउँपालिकामा प्राविधिक शिक्षा, उत्पादनमा आधारित अनुदान, निशुल्क स्वास्थ्य बिमा लगायतलाई प्राथामिता दिने बताएका छन् ।

लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशिल हुँदै आएका पौडेल आफु लगातार घरदैलो कार्यक्रममा रहेको बताउँदै जनताको समस्यामा निरन्तर लागेकोले अत्याधिक मतले गाउँपालिकाको अध्यक्षमा बिजयी हुने दाबी गरे । पौडेलले आफुलाई छत्रकोट गाउँपालिकाको अध्यक्षमा बिजयी बनाउन छत्रकोटबासीलाई आग्रह गरेका छन् ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D