समाचार

चुनावी वाचा बिर्सिएको छैन: मन्त्री ज्ञवाली

टोपलाल अर्याल
गुल्मी, १६ चैत । गएको प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा आफु निर्वाचित हुँदा जनतासंग गरेका बाचा आफुले नबिर्सिएको नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताएका छन् । गुल्मी महोत्सवको उद्घाटनका लागि गृह जिल्ला आएका ज्ञवालीले नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा कुरा गर्दै सो कुरा बताएका हुन् ।

१० दिनसम्म संचालन हुने तस्रो गुल्मी महत्सवको लागि गुल्मी आएका उनले जिल्लाका निम्ती दिर्घकालिन योजना संचालन भैरहेकाले सवै प्रतिवद्धता पुरा गरेरै छाड्ने दावी गरे । ‘एकै जिल्लाका दुई वटा केन्दिय मन्त्री हुँदा दिवापली गरेको सुने, ’उनले भने, ‘गुल्मेलीको आशा र भरोसा मर्न दिने छैनौ ।’ ज्ञवालीले मौसम प्रतिकुलताका कारण महोत्सवको उद्घाटन गर्न सकेनन् । गुल्मी उद्योग बाणिज्य संघ गुल्मीको आयोजनामा चैत २५ गते सम्म चल्ने महोत्सवको शनिवार बिहान ११ बजे ज्ञवालीले उद्घाटन गर्ने कार्यक्रम रहेको महासचिव तारा प्रसाद भुसालले बताए ।

भष्ट्रचार बिरुद्धको लडाँई जित्न गाह्रो छ
नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेपाल नितीगत र आर्थिक भष्ट्राचारको चुंगुल फसिरहेकाले त्यो लडाँई जित्नु सरकारको अर्को चुनौतीको बिषय भएको बताए । गुल्मी महोत्सवको उद्घाटनका लागि गृह जिल्ला आएका ज्ञवालीले नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा कुरा गर्दै अहिलेसम्म मन्त्रालयहरु स्वतन्त्र टापु जस्तै भएकाले धेरैखाले भ्रष्टचार केन्द्रमै बढि भएको समेत बताए ।

‘भष्ट्राचार स्थानिय स्तरदेखि केन्द्रसम्मको समस्या हो,उनले भने, ‘त्यसलाई जरैदेखि निर्मुल पार्नु प्रधानमन्त्रीको कार्यलयमा केहि शक्ति केन्द्रित गरिएको छ ।’ सरकार दृढ रुपमा लागेको भन्नै अब भष्ट्राचारमुक्त नेपालको निर्माण हुने समेत उनले बताए । ज्ञवालीले मुलक अब नयाँ युगमा प्रबेश गरेकाले राज्यमा कुनै ढिला सुस्ती र भष्टचारको बिरुद्धमा राज्यले मुखदर्शक भएर नबस्ने बताए ।

प्रधानमन्त्रीको भारत भ्रमण सद्भावका निम्ति

प्रधानमन्त्रीको आगामी भारत भ्रमण सद्भावका लागि मात्रै भएको परराष्ट्रमन्त्री तथा एमाले सचिव प्रदिपकुमार ज्ञवालीले बताए । गठबन्धनको स्थिर सरकार गठन भएकाले भारतले आफुहरुसंग सहकार्य गर्न चाहेकाले प्रधानमन्त्रीको भारत भम्रण तय भएको उनले बताए । ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणले भारत र नेपालबिचको केहि समयदेखिको तिक्तत्ता मेटिने विश्वास व्यक्त गरे । देशमा स्थिर गठबन्धन सरकार गठन भएकाले यो पहिलो बर्ष धेरै महत्पूर्ण उच्च स्तरिय भ्रमणहरु हुने उनले बताए । ‘धेरै देशसंग मैत्रिपूर्ण सम्बन्ध स्थापित गर्ने लक्ष्य यो सरकारको हो, यो बर्ष थुप्रै मुलुकको भ्रमण हुन्छ,’उनले भने,‘सवैले देशमा स्थिर सरकार गठन भई शान्तिको वातावरण कायम भएको सन्देश पु¥याउने छन् ।’

कागजी एकता व्यावहारमा देखाउँछौ
मन्त्री ज्ञवालीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताए । उनले कार्यदलले पार्टी एकताको खाकालाई अन्तिम रुप दिएकाले अहिले कागजमा सिमित पार्टी एकता केहि समयमै व्यावहारमा लागु गर्ने बताए । ढिलोमा ९ बैशाखसम्ममा पार्टी एकता हुने समेत उनले दाबी गरे । तर पार्टी एकता गर्दा ५०÷५० प्रतिशत भनेर केहि अनलाइन र फेसबुकमा गरिएको प्रचार निरआधार रहेको ज्ञवालीले बताए । ‘संका उपसंका चुनावबाटै भएका हुन तर काम धेरै अगाडी बढेको छ,’उनले भने, भागबण्डा भन्दा दुई पार्टीबिचको उर्जा एकै ठाउँ हुनु ठुलो कुरा हो ।’

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D