अपराध

चितवनमा १७ बर्षिया किशोरीलाई बलात्कार गर्ने गुल्मीका सुसन पक्राउ

चितवन, चैत्र ०२ । जिल्ला प्रहरी कार्यालय चितवनले १७ वर्षीया युवती बलात्कार गरेको आरोपमा गुल्मी जिल्ला मालिका गाउँपालिका ८ बस्ने वर्ष २१ को सुसन मुखियालाई बुधबार गिरफ्तार गरेको छ । फागुन २८ गते राति भरतपुर महानगरपालिका १ पोखरा बसपार्क स्थित होटलमा लगी जबर्जस्ती करणी गरेको आरोपमा मुखिया गिरफ्तार परेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पीडित युवतीले फागुन २९ गते प्रहरीमा जाहेरी दिएकी थिइन् ।

त्यस्तै जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला अदालत चितवनले एक जनालाई ६ वर्ष कैद फैसला गरेको छ ।माडी नगरपालिका–८ घर भएकी ७ वर्षीया बालिका जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा परेका आरोपित माडी–८ बस्ने वर्ष ३१ को सुरेश भन्ने चिजकुमार गुरूङलाई जिल्ला अदालत चितवनले बिहीबार ६ वर्ष कैद फैसला गरेको हो ।न्यायाधीश सूर्यबहादुर थापाको इजलासले गुरुङलाई उक्त सजाय तोकेको हो । कत्तिक २ गते घरमै खेलिरहेको अवस्थामा जबर्जस्ती करणी गरेको भन्दै कात्तिक ६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा गुरूङविरुद्ध पीडितकी आमाले जाहेरी दिएकी थिइन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker