समाचार

चार बर्ष अघि हराएकी गुल्मीकी उषालाई एक भारतिय सँस्थाले गाउँमै ल्याएर परिवारको जिम्मा लगायाे

गुल्मी, जेठ ३ । चार बर्ष अघि हराएकि छत्रकोट गाउँपालिका गुल्मीकी एक महिला लाई भारतिय एक संस्थाले घरमै पुगि परिवारको जिम्मा लगाएको छ ।

छत्रकोट गाउँपालिका वडा नम्बर २ पल्लिकोट सेलफुक निवासी ३७ बर्षिय यमकला भनिने उषा राना मानसिक सन्तुलन गुमाई घरबाट हराई, भारतको चेन्नई पुगेकी रानालाई स्थानिय सामाजिक संस्था श्रद्धा फाउन्डेसनले फेलापारिे माईतिको जिम्मा लगाईएको हो ।

श्रद्धा फाउन्डेसनले उषा रानाको आईएमएच अस्पतालमा उपचार गराई निको भए पछि उनका माईतिको जिम्मा लगाईएको हो ।

फाउन्डेसनका प्रतिनिधि अशोक चौैधरी, सरिता देशमुख, श्रृङ्गा प्रहरी चौकी प्रमुख हरिकिसन पुन, वडा अध्यक्ष रुक बहादुर राकसकोटी लगायत स्थानियको रोहबरमा, राना बाबा घन बहादुर पचभईयाको जिम्मा लगाईएको थियोे ।

अस्पतालमा उपचार गराई निको भए पछि उषा रानाले आफ्नो ठेगाना बताए पछि फाउन्डेसनका प्रतिनिधिले उनलाई घर सम्म पुर्याएको हो ।

उषा रानाको स्वास्थ्य सामान्य बन्दै गएको छ । हाल उनले दैनिक औषधि सेवन गरिरहेकि छन उनलाई औषधिको व्यवस्था २/ २ महिनामा श्रद्धा फाउन्डेसनले हुलाक मार्फत पठाउने व्यवस्था गरेको छ ।

सामान्य परिवारकी रानाको उद्दार गरेर उपचार गरि दैनिक सेवन गर्ने औषधि समेत व्यवस्था मिलाई घरमै आई परिवारको जिम्मा लगाएकोमा, चेन्नइमा रहेको श्रद्धा फाउन्डेसनलाई, छत्रकोट गाउँपालिका वडा नम्बर २ पल्लिकोट वडा अध्यक्ष रुक बहादुर राकसकोटीले आभार प्रकट गर्दै धन्यबाद दिनु भएको थियो । -रुरु एफ.एमबाट

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D