समाचार

चार दशकपछि बल्ल फर्के मन कुमारीका “सुखका दिन”

कौरव खत्री
बाग्लुङ, ५ भदौ । बाग्लुङ्गकी एकल वृद्धाले टुकी र दियालोको भरमा ४ दशकपछि घरमा बत्ति बालेर झलमल्ल हुदा निकै खुसी भएकी छिन् । गलकोट नगरपालिका ७ मल्म भल्साङकी ६६ बर्षीय वृद्धा मन कुमारी थापा विगत ४ दशकदेखि विभिन्न समस्यासंग पैठीजरी खेल्दै अभाव र सकसपूर्ण जिवन विताइरहेकी थिइन् ।

विगत ४० बर्षयता घरमा टुकी र दियालो बालेर रात कटाउदै आएकी वृद्धाले आफ्नो दैनिकी निकै कष्टपूर्ण तरिकाले जिवन चलाउदै आएको बताइन् । त्यस्तै वृद्धा थापाका श्रीमान र २ छोराको मृत्यु भएपछि झण्डै २० बर्षयता एक्लो जिवन विताइ रहेकी एकल वृद्धा थापा घर परिवारमा आफ्नो भन्ने कोही नभएपछि बेसाहरा जस्तै भौतारिँदै हिड्ने गरेको उनले बताइन् । यतिवेला बेसाहारा जस्तै बनेकी वृद्धा थापाको लागि अहिले विभिन्न संघ संस्थाले आर्थिक देखि खाद्यान्न, पक्की शौचालय र सोलार वत्ति लगायतमा सहयोग पाएपछि आफ्नो जिवनमा खुशी र थप उत्साह थपिएको थापाले बताइन् ।

साथै एकल वृद्धाको सहयोगका लागि घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ बाग्लुङ्गको जापान शाखाले नगद ३ लाख नगद आर्थिक सहयोगमा सोलार सेट, पक्की शौचालय, हिल ट्याङकी खानेपानी सहित नगद २ लाखको व्यवस्था गरेको घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ बाग्लुङ्गका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए । त्यस्तै सात सय बगाले थापा समाज, जनहित कला केन्द्रले एकल वृद्धाको लागि गोठ मर्मत संम्भार लगायतमा सहयोग पु¥याएको सात सय बगाले थापा समाज गनपा ७ मल्ल बाग्लुङ्गका सचिव टोप बहादुर थापाले बताए ।

साथै विहान बेलुका एक छाक टार्न निकै गाह्रो भएकी एकल वृद्धा मन कुमारी थापाको लागि छिमेकी र फुलबारी आमा समूहले खाद्यान्न लगायत आवश्यक व्यवस्था मिलाइ दिएको फुलबारी आमा समूह गनपा ७ मल्ल बाग्लुङ्गका अध्यक्ष मन कुमारी खड्काले जानकारी दिइन् । विगत लामो समयदेखि अँध्यारो र टुकी दियालोले जेनतन जिवन गुजारा गदै आइरहेकी एकल मन कुमारी थापाको कुनै प्रशस्त खेतबारी नत आम्दानी न भरपर्दो आर्यश्रोत नै थियो उनको आयश्रोत भनेकै एकल वृद्धाभत्ता मात्र विभिन्न अभाव र गरिवीसँग जुध्दै बाचिरहेकी एकल वृद्धा मनकुमारी थापाको लागि वृद्धा भत्ता तथा अन्य संघ संस्थाहरुलाई सहयोगका लागि समन्वय गरेको गलकोट नगरपालिका ७ बाग्लुङ्ग वडाअध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D