gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

चन्द्रकोट ८ मा एमाले र गठबन्दनका उम्मेदवार बिच रोचक प्रतिस्पर्धा, अध्यक्षमा १ मत को अन्तर

गुल्मीन्युज
गुल्मी, जेठ ०१ । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं ८ को वडाध्यक्ष पदमा एमाले र गठबन्दनका उम्मेदवारबिच रोचक प्रतिस्पर्धा भएको छ । भर्खरै सम्पन्न स्थानिय निर्वाचन २०७९ को मतगणनामा २०० मत गन्दा सम्म नेकपाका एमालेका उम्मेदवार लक्ष्मी लक्ष्मी गौतम र गठबन्दनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका फणीन्द्रराज अर्याल बिच जम्मा १ मतको अन्तर रहेको छ ।

यो पनि पढ्नुस्: चन्द्रकोट ८ मा ३ सय मत गन्दा गठबन्दनका उम्मेदवार कांग्रेसका अर्यालको अग्रता कायमै

२०० मत गनिसक्दा गठबन्दनका अर्यालले नेकपा एमालेका गौतमलाई १ मतले पछी पार्दै गौतमको सुरुवाती अग्रतालाई तोडेका छन् । गौतमले ९६ मत प्राप्त गर्दा अर्यालले ९७ मत प्राप्त गरेका छन् ।

गठबन्धन तर्फका उम्मेदवारहरुले महिला सदस्यमा ९२, दलित महिला सदस्यमा ९१, खुला सदस्यमा १०१ र खुला सदस्यमा ८७ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका उम्मेदवाहरुले महिला सदस्यमा ९८, दलित महिला सदस्यमा १००, खुला सदस्यमा ८९ र खुला सदस्य पदमा ९१ मत प्राप्त गरेका छन् ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D