कृषी

चन्द्रकोट गाउँपालिकाद्वारा उत्कृष्ट कृषकहरुलाई पुरस्कार बितरण तथा सम्मान

सन्जु काउछा
असार १५ । चन्द्रकोट गाउँपालिकाले गाउँपालिका भित्रका उत्कृष्ट कृषकहरुलाई पुरस्कार बितरण तथा सम्मान गरेको छ । आज चन्द्रकोट ४ शान्तिपुरमा आयोजित वडा/गाउँपालिका स्तरीय उत्कृष्ट कृषक पुरस्कार वितरण तथा सम्मान कार्यक्रम मार्फत गाउँपालिकाका १४ जना कृषकहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका स्तरीय पुरस्कार तर्फ “गाउँपालिका अध्यक्ष सर्बोत्कृस्ट कृषक” पुरस्कार उत्तम बहादुर खत्रीलाई प्रदान गरिएको छ । खत्रीलाई तरकारी खेती तर्फबाट ७५ हजार रुपैँया नगद, प्रमाण-पत्र र खादा सहित सम्मान गरिएको थियो । त्यस्तै “गाउँपालिका उपाध्यक्ष उत्कृस्ट कृषक” पुरस्कार कुखुरापालन तर्फबाट लवसन महतलाई प्रदान गरिएको छ । महतलाई नगद ५० हजार रुपैँया नगद, प्रमाण-पत्र र खादा सहित सम्मान गरिएको थियो ।

वडा स्तरीय “अध्यक्ष सर्बोकृस्ट पुरस्कार” ६ जनालाई नगद २० हजार रुपैँया र थप ६ जनालाई १० हजार रुपैँया नगद र प्रमाण पत्र सहित सम्मान गरिएको छ । २० हजार रुपैँया सहित सम्मानित हुनेहरुमा १.नं वडाबाट धन बहादुर गुरुङ (बाख्रापालन), २.नं वडाबाट वसन्त गौतम (तरकारी खेती), ३. नं वडाबाट टेक बहादुर थापा (गाईपालन), ५ नं वडाबाट हरि बहादुर कार्की (भैँसीपालन), ६ नं वडाबाट प्रेम बहादुर गौतम (भैँसीपालन) र ७. नं वडाबाट भिम बहादुर क्षेत्री (कुखुरापालन) रहेका छन् ।

त्यस्तै १० हजार रुपैँया सहित सम्मानित हुनेहरुमा ३. नं वडाबाट ईश्वर सिंह खत्री (तरकारी खेती), ४. नं वडाबाट डिल बहादुर राना, ५. नं वडाबाट प्रेम प्रसाद शर्मा (माछापालन), ६. नं वडाबाट सुवाष सार्की (तरकारी खेती), ७. नं वडाबाट कृष्ण प्रसाद भण्डारी (तरकारी खेती) र ८. नं वडाबाट बाबुराम बोहरा (सुन्तला खेती) रहेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D