gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

चन्द्रकोटमा निर्वाचनको तयारी पुरा, भएरहित भई मतदान गर्न प्रमुख निर्वाचन अधिकृतको आह्वान

बिबेक क्षेत्री
शान्तिपुर, बैशाख २७ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी चन्द्रकोट गाउँपालिकामा अन्तिम चरणमा पुगेको छ । चन्द्रकोट गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत लोकनाथ भुसालले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । “सबै कर्मचारीहरु नियुक्ति पत्र लिई मतदान केन्द्रमा जाँदैहुनुहुन्छ”, उहाँले भन्नुभयो, “मतदान केन्द्र (बुथ) निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ ।”

सम्पूर्ण चन्द्रकोट पालिकाको मतदाताहरुलाई भएरहित भै संबिधानले सुनिस्चित गरेको आफ्नो अधिकार पर्योग गर्न प्रमुख निर्वाचन अधिकृत भुसालले आह्वान गर्नुभएको छ । बैशाख ३० गते हुने निर्वाचनमा आफ्नो उल्लासपूर्ण सहभागिता गराई निर्वाचन सम्पन्न गर्न उहाले सम्पूर्ण मतदाता हरुलाई अनुरोध गर्नु भएको छ । साथै सम्पूर्ण उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिताको पालना गर्न पनि उहाँले निर्देशन दिनुभएको छ र कुनै पनि गैरकानुनी कृयाकलाप गरेको देखेमा तुरुत सुरक्षा निकायलाई सम्पर्क गर्न पनि अनुरोध गर्नुभएको छ ।

निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुँदैछ । निर्वाचनको केहि समय बाँकी रहँदा प्रत्याशीहरु मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् । चन्द्रकोट क्षेत्रमा गठबन्धन र एमालेका उमेदवार बीच कडा पर्तिश्पर्धा हुने आँकलन गरिएको छ ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D