gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

चन्द्रकोटमा गठबन्दनका के.सीले बढाउँदै लगे मतान्तर, १७ सय बढी मतको अग्रता

विवेक क्षत्री
गुल्मी, जेठ ०१ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा प्रमुख पदका लागि गठबन्दका उम्मेदवार युबराज के.सीले आफ्नो अग्रतालाई थप फराकिलो बनाउँदै लागेका छन् । गठबन्दनका साझा उम्मेदवार मओबादी एकीकृतका के.सीले १ हजार ७ सय ३८ मतको अग्रता लिएका छन् ।

पछील्लो अप्डेट अनुसार ४ हजार ८ सय ७९ मत गनिसक्दा के.सीले ३ हजार ६० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका चेतन बस्नेतले १ हजार ३ सय २२ मत प्राप्त गरेका छन् ।

उता उपप्रमुखमा गठबन्धनकै बिष्णु प्रसाद भण्डारीले अग्रता लिएका छन् । नेपाली कांग्रेसका भण्डारीले रुख चिन्हमा २ हजार ५ सय ३८ मत ल्याएका छन् । भण्डारीका निकटतम प्रतिद्वन्दी एमालेकी राधिका अर्यालले १ हजार ६ सय ७० मतका साथ भण्डारीलाई पछ्याईरहेकी छन् ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D