भिडियोसमाचार

गुल्मी पुगेर के गर्दैछ चिनियाँ टोली? यो भिडियोले गर्‍यो खुलासा

गुल्मीको ग्रामीण क्षेत्रमा कृषि क्षेत्रको सम्भाव्यता अध्ययनका लागि चीनको राज्यसभा मातहत रहेको अनुसन्धान विकास केन्द्रको उच्चस्तरीय टोली यतिबेला गुल्मीमा रहेको छ ।
नेपालको ग्रामीण भेगका कृषि क्षेत्रलाई आधुनिकीकरण र विकासका लागि यही असोज २७ गते मुसिकोट नगरपालिका–१ को पौदी क्षेत्रको सम्भाव्यता अध्ययनका लागि टोली गुल्मी पुगेको हो ।
नेपाली काँग्रेसका युवा नेता दामोदर भुसालले जैविक कृषि प्रणालीको सम्भाव्यता र कृषि क्षेत्रमा नेपाल र चीनको सहकार्यका लागि सम्भाव्यता अध्ययन गर्नका लागि टोली यतीबेला गुल्मीमा रहेको जानकारी दिए।

चीन सरकारले उपलब्ध गराएको छात्रबृत्तिमा विद्यावारिधि गर्दै गरेका युवा नेता भुसालको विशेष पहल तथा त्रिवि वनस्पति विभागको आयोजना र स्थानीय भर्माचौर नमूना एकीकृत कृषि फार्म मुसिकोट–१ को समन्वयमा टोली गुल्मी पुगेको हो । टोलिले कहाँ कहाँ के के गर्‍यो के के गर्दै छ ?
हेरौ रबिलाल पौडेलले तयार पार्नुभएको यो भिडियो रिपोर्ट:

Show More

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।