gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मी दुर्घटनाले गुल्मीका शिर्ष नेताहरु पनि शोकमा, कस्ले के भने?

कार्तिक १३ । गुल्मीमा सोमबार ११ जनाको ज्यान जाने गरी भएको माइक्रो दुर्घटनाले जिल्लाबासी सहित गुल्मीका शिर्ष नेताहरुलाई पनि शोकमा पारेको छ । दुर्घटनाबारे चन्द्र भण्डारी र गोकर्ण बिष्ट लगायतका नेताहरुले सामाजिक सन्जाल मार्फत शोक ब्याक्त गरेका छन् भने घाईतेहरुको स्वास्थ्य लाभको पनि कामना गरेका छन् ।

यो पनि पढ्नुहोस्: गुल्मीमा दुर्घटनामा मृत्‍यु भएका सबै ११ जनाको सनाखत (नाम ठेगाना सहित)


दुर्घटना बारे कस्ले के भने ?

“गुल्मीमा भएको दुःखद दुर्घटनाले दुखी भएको छु, मृतक प्रति हार्दिक श्रन्दाञ्जली; घाइतेहरूको शिघ्र स्वास्थ्य लाभकाे कामना ।” चन्द्र भण्डारी, सभाषद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य

“आज बिहान गुल्मिको बिर्बासमा भएको जीप दुर्घटनाको खबरले अत्यन्त मर्माहत् बनायो। यस घटनामा दिवङ्गत् हुनुभएकाहरु प्रति हार्दिक् श्रद्धान्जलि अर्पण् गर्दै शोक् सन्तप्त परिवारमा समवेदना ब्यक्त गर्दै अस्पतालमा उपचाररत घाइतेहरुको शिघ्र स्वास्थ्यलाभ को कामन गर्द्छु ।” गोकर्ण बिष्ट, सचिब, नेकपा एमाले

गुल्मीको बिरबास मा आजको दुर्घटनामा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली ! घाइतेहरुको शिघ्र श्वाश्थ्य लाभको कामना !नेकपा माओवादी केन्द्रका नेता

माइक्रो दुर्घटनामा घाइतेहरुलाई एमाले सचिव गोकर्ण बिष्ट, रेसुंगा नगर प्रमुख डिल्लीराज भुसाल, मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटा, खड्ग केसी लगायतले पाल्पा मिसनमा उपचारत घाइतेहरुलाई भेटेको एमाले गुल्मीका प्रचार बिभाग प्रमुख गणेश श्रीपालीले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D