समाचार

गुल्मी चितवन मैत्री समाजको अध्यक्षमा ढकाल

चितवन, बैशाख ५ । गुल्मी चितवन मैत्री समाज चितवनको अध्यक्षमा दिपक ढकाल चयन हुनुभएको छ । शनिबार सम्पन्न १७ औं साधारण सभा तथा आठौं अधिवेशनले ढकालको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्षमा राधिका भण्डारी, सचिवमा विक्रम सापकोटा, सहसचिवमा शिव ढकाल, कोषाध्यक्षमा मोहन पन्थी चयन हुनुभएको छ । युवराज खरेलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा डा.सुनिलमणि पोखरेल रहनुभएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D