समाचार

गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाजद्वारा आश्रमलाई सहयोग

बुटवल, वैशाख ३० । गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाजले सोमबार बुटवल–८ सुख्खानगरस्थित मानवसेवा आश्रमलाई विभिन्न सामग्रीहरू हस्तान्तरण गरेको छ ।
सामाजिक कार्य गर्ने उद्देश्यले समाजले आश्रमलाई कपडा सिलाउने मेसिन सहित विभिन्न खाद्यान्न सहयोग स्वरूप हस्तान्तरण गरेको हो । उक्त सामग्रीहरू गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाजका अध्यक्ष तेजनारायण अर्यालले आश्रमकी गंगा थापालाई हस्तान्तरण गरे ।

सो अवसरमा बोल्दै अर्यालले आगामी दिनहरूमा पनि आश्रमलाई सक्दो सहयोग गर्दै जाने बताए । स्थापनाको छोटो समयमा पनि आफूहरूले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको अर्यालले बताए । समाज गएको वर्ष स्थापना भएको थियो ।

समाजले दिएका सामग्रीहरू लिदै आश्रमका गंगा थापाले सबैको साथ र सहयोगबाट आश्रम चल्दै आएको बताइन् । उनले सबै मनकारीहरूले आश्रमलाई सहयोग गर्न आवश्यक रहेको बताए । तीन महिना अगाडि स्थापना भएको आश्रममा ८० जनाले आश्रय लिइसकेका छन् । कार्यक्रममा समितिका सम्पूर्ण पदाधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन समाजका वरिष्ठ सल्लाहकार भेषराज शर्माले गरेका थिए । -बुटवल अन्लाईनबाट

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D