समाचार

गुल्मी कारागारबाट “असल चालचलन” भएका ४ जना कैदीबन्दी रिहा

अनिल खत्री
१५ जेठ, गुल्मी । गणतन्त्र दिवशको अवसर पारेर जिल्ला कारागार गुल्मीबाट ४ जना कैदी बन्दी रिहा भएका छन् । जिल्लाबाट असल चालचलान भएको सिफारिस मध्ये ४ जनालाई दिवसको अवसर पारेर रिहा भएका हुन् ।

जिल्ला कारागार गुल्मीमा रहेका कैदी मध्ये रिहा हुनेहरुमा पुनाकुमारी कुमाल, कृष्णबहादुर कुमाल, गोकुल भन्ने गगन कुमाल र जिवन बुढाथोकी रहेको जिल्ला कारागार गुल्मीका प्रमुख गोपालप्रसाद पाण्डेयले जानकारी दिए । जेलमुक्त भएकाहरुमा, कर्तव्य ज्यान मुद्दा र चोरी मुद्दामा कैद भुक्तान गरिरहेकाहरु रिहा भएको पाण्डेयले जानकारी दिए ।

पाण्डेयका अनुसार रिहा भएका मध्ये पुनाकुमारी कुमालले ५६ प्रतिशत कृष्णबहादुर कुमाल ८५ प्रतिशत, गोकुल भन्ने गगन कुमाल ५८ प्रतिशत र जिवन बुढाथोकी ७६ प्रतिशत कैद भुक्तान गरेको भएको अभिलेख उल्लेख रहेको छ ।

गणतन्त्र दिवसको अबसर पारेर असल चालचलन भएका कैदीको कैद माफी दिँदै आएको छ । मन्त्रिपरिषद्को सिफारिसमा असल चालचलन भइ कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानमा माफी दिने ब्यवस्था रहेको छ । हाल जिल्ला कारगार गुल्मीमा ६४ जना कैदी बन्दी रहेका छन् ।

२५ जनाको क्षमता भएपनि दोब्बर भन्दा वढी कैदी बन्दी बस्दै आएका छन् । ४ जना बन्दी रिहाभएसँगै ६० जना कैदी बन्दी रहेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D