समाचार

गुल्मी उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी बढ्दै, कांग्रेस-नेकपा निकट ब्यवसायीहरु बिच रोचक प्रतिस्प्रर्धाको संकेत

टोपलाल अर्याल
गुल्मी, २२ पुस । नयाँ नेतृत्वको लागि गुल्मी उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी बढ्दै गएको छ । आउँदो २७ र २८ पुस हुने अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने गुल्मी उद्योग बाणिज्य संघका महासचिव तारा भुसालले बताए । उद्योग बाणिज्य महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आकांक्षी धेरै, प्रतिस्प्रर्धाको तयारी
यो पटकको अधिवेशनमा अलि रोचक प्रतिस्प्रर्धा हुने अनुमान गरिएको छ । यस अघि नेपाली कांग्रेस निकट व्यावसायीहरुको प्रभाव रहेको बाणिज्य संघमा अहिले नेकपाको पनि राम्रै उपस्थिती रहेको छ । गत बर्ष भद्र सहमति मार्फत तत्कालिन एमालेले नेतृत्व पाएको हो । जसका कारण कांग्रेस निकट व्यवसायीले अहिले नेतृत्व पाउनुपर्ने दावी गरिरहेका छन् । अहिलेसम्म संघको अध्यक्ष पदका लागि कांग्रेसका दुई र नेकपाका एक जनाले उम्मेदवारी घोषणा गरेका छन । नेपाली कांग्रेस निकट व्यवसायीबाट बरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामी र इश्वरी प्रसाद पौडेल तथा नेकपाको तर्फबाट बर्तमान अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले पुन: नेतृत्व दोहो¥याउने दाउमा छन् ।
समितिको बरिष्ठताका आधारमा स्वत: अध्यक्ष पाउनु पर्ने भलामीको तर्क छ । भने पौडेलले पुरानो र अनुभवी भएकाले अध्यक्ष बाहेक अन्य पदमा आफ्नो दावी नरहने बताउँछन् । समितिको उपाध्यक्ष पदमा पनि कांग्रेस र नेकपाबाट धेरै आकांक्षी रहेका छन् । उद्योग बाणिज्य संघको महासचिव, सचिव, कोषध्यक्ष र अन्य पदमा समेत आकांक्षी धेरै देखिएकाले रोचक प्रतिस्प्रर्धा हुने व्यावसायीहरु बताउँछन् ।

असहमति सृजना भए चुनाव: नेकपा
नेकपाका सचिव बुद्धि जिसीले उद्योग बाणिज्य संघमा आफुहरुले बर्षौदेखि सहमतिको प्रक्रिया स्थापित गरेकाले अहिले सोहि अनुसार अगाडी बढ्ने बताए । तर केही गरी असहमतिको वातावरण सृजना भए त्यसको लागि सवै पदमा निर्वाचनमा जाने तयारी समेत बताएको जिसीले बताए । त्यस्तै नेपाली कांग्रेसका सचिव खिलध्वज पन्थीले उद्योग बाणिज्य संघ गैरसरकारी संस्था र आफ्नै मुल्य मान्यताबाट चल्ने भएकाले परम्परागत पद्धतिबाटै अगाडी बढ्नुपर्नेमा जोड दिए । बाणिज्य संघामा नौ पदाधिकारी, आठ सदस्य गरि कुल १७ जना निर्वाचित हुन्छन् । दुई जना महिला र चार जना मनोनित गरि २३ जनाको कार्यसमिति बनाउने प्रावधान रहेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद भुसालले बताए । बिस २ं०४० सालमा स्थानपना गरिएको संघमा पाँच सय पचास बढी सदस्यहरु आबद्ध रहेको छन् । पाँचवटा उपशाखा समेत छन् ।

सामाजिक कार्यमा सक्रिय
गुल्मी उद्योग बाणिज्य संघले समाज विकासका विभिन्न क्षेत्रमा पनि काम गरिरहेको छ । अहिलेसम्म संघले रक्त संञ्चार केन्द्र स्थापनाका लागी नेपाल रेडक्रस सोसाइटी गुल्मीलाई एक लाख ५० हजार र विभिन्न बाढी पहिरो र विपत्मा परेका परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । त्यस्तै चिदिचौर खेल मैदानमा गुल्मी उद्योग वाणिज्य संघको अगुवाईमा रिटेनीङ्गवाल, मञ्च तथा क्रियापुत्री भवनको निर्माण गरेको वाणिज्य संघले जनाएको छ । त्यस्तै दजाकोटका आगोलागि पीडितको लागि पनि करिव दुई लाख बराबरको सामग्री प्रदान गरेको बाणिज्य संघका सचिव बिरेन्द्र भुसालले बताए । त्यस्तै कृषिमा पनि कफि, केरा र बिउबिजन र सिंचाईको क्षेत्रमा बाणिज्य संघले काम गरेको भुसालले बताए ।

बिपन्न परिवारका लागि क्लोथ बैंक
गुल्मी उद्योग बाणिज्य संघले तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलको पहलमा क्लोथ बैंक संचालनमा ल्याएको छ । बैंकबाट अनाथ, असहाय, अपाङ्ग तथा दैविक प्रकोप पीडित परिवारलार्ई न्यानो कपडा वितरण भैरहेको छ । अहिलेसम्म जिल्लाका करिव नौ सय व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको बाणिज्य संघले जनाएको छ । बैंकमा अझै पनि दुई सयबढि व्यक्तिहरुलाई बितरण गर्न पुग्ने लत्ताकपडा र चार करोड नगद रहेको संघका महासचिव तारा भुसालले बताए ।

रेसुङ्गामा २७ धारा र आधुनिक सिँढी निर्माण
गुल्मी उद्योग बाणिज्य संघले रेसुङ्गाको पर्यटन प्रर्वद्धन र विकासमा सहयोग पु¥याउँदै आएको छ । जसका रेसुङ्गा पोखरी क्षेत्रमा गुल्मी उद्योग वाणिज्य संघ र रुरु रेसुङ्गा पर्यटन विकास समितिको सहकार्यमा २७ धारा तथा मैरी निर्माण भएको छ । हरेक महोत्सवबाट बचत मध्येबाट सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु भैरहेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले बताए । यो बर्ष पनि करिव १५ लाखको लागतमा रेसुङ्गाको पोखरीदेखि यज्ञशालासम्म सात सय मिटरको आधुनिक सिडी निर्माण भैरहेको पाण्डेयले बताए । त्यसबाट पोखरीदेखि यज्ञशालासम्म पुग्ने तिर्थयात्रीलाई सहज हुनेछ ।

विभिन्न आन्दोलनको नेतृत्व
गुल्मी उद्योग बाणिज्य संघले विभिन्न परिवर्तनका लागि आन्दोलनको नेतृत्व र व्यावस्थापन गर्ने गरेको छ । अखण्ड ५ नं प्रदेशको आन्दोलनमा करिव एक महिना नेतृत्व र त्यसको सवै आर्थिक व्यावस्थापन बाणिज्य संघले गरेको थियो । भने केहि समय अघि बाणिज्य संघकै नेतृत्वमा सालझण्डी–पटौती–तम्घास सडकखण्डको काम नभएको प्रति मुख्यमन्त्री शंकर पोखरेल र अन्य निकायहरुमा डेलिकेशन गइएको गुल्मी उद्योग बाणिज्य संघले जनाएको छ । बाणिज्य संघकै पहलमा जिल्लामा कालो पलाष्टिक मुक्त गरिएको संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद भण्डारीले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D