समाचार

गुल्मी आएका राजेश हमालले बाँडे बैंकको चेक, एटिएम र चाँदीको सिक्का

प्रेम सुनार
गुल्मी, बैशाख ६ । ‘एनएमबि बैंक एक घर एक खाता अभियान’ लिएर गुल्मी आई पुगेका नेपाली चलचित्रका महानायक राजेश हमालले उक्त बैंक देशको बिश्वासीले बैंक भएको प्रतिकृया दिएका छन् ।

‘पहिलो पाईला समृद्धिको, आधार सुरक्षित भविश्यको’ भन्ने मुल नाराका साथ सो बैंकको गुल्मी शाखाले आयोजना गरेको एनएमबी बैंक एक घर एक खाता अभियान सदरमुकाम तम्घासको चिदीचौरमा प्रचार प्रसार शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा राजेश हमालले खाता खोल्नेहरुलाई आफ्नै हातले चेक र एटिएम कार्ड वितरण गरेका थिए । त्यस्तै सरल बैंकिङ खाता खोल्नेलाई १० ग्रामको चाँदीको सिक्का वितरण समेत गरेका थिए । शिविरमा खातावालाहरुको वम्वार उपहार कार्यक्रम अन्तरगत नायक नायक हमाल कै हातले चिठ्ठा थुतेर ५ जनालाई विभिन्न पुरस्कार समेत वितरण गरेका थिए ।
rajesh hamal in gulmi nmb bank
लगत्तै बैंकमा पुगेर उनले भने – ‘सरकारी उद्देश्य अनुरुप हरेक कुन काप्चा सम्म सरल बैकिङ सुविधा प्रदान गर्न आफुहरु देश व्यापी रुपमा एक घर एक खाताको अभियान लिएर हिडेका छौं । ऋण प्रवाहमा सहुलियत ब्याज, वचतकर्तालाई राम्रो ब्याज प्रदान र सवैखाले सुविधा यस बैंकको विशेषता हो ।’

त्यस्तै रिटल बैकिङ प्रमुख सुष्मा शर्माले भिविन्न जिल्ला हुँदै गुल्मीमा राजेश हमाललाई लिएर यस अभियानमा गुल्मी आईएको र अव सन्धीखर्क हुँदै विभिन्न जिल्लामा पुगिने बताईन ।

हालै तम्घास भिमचोक मैं अर्को भवनमा सरेको गुल्मी शाखा प्रमुख भुवन पाण्डेले यस जिल्लामा एनएमबि बैंकमा सेवाग्राहीको आकर्षण बढ्दै गएको बताए । महानायक हमालको फ्यानहरु सेल्फी खिच्नका लागि ठाउँ ठाउँमा भिड गरिरहेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D