gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

गुल्मीमा २६ वर्षीयाले दिइन् गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी 

गुल्मी, बैशाख १२ । जिल्लाको ईश्मा गाउँपालिकामा २६ वर्षीया युवतीले गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । इश्मा गाउँपालिका–२ निवासी २६ वर्षीया अधिवक्ता पार्वती कुँवरले नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेकी हुन् ।

कांग्रेस ईश्माकी उपसभापति रहेकी कुँवर गत मंसिरमा सम्पन्न कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट सर्वाधिक मत पाएर महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा निर्वाचित भएकी थिइन् ।

२०६८ सालदेखि रेसुंगा बहुमुखी क्याम्पसको छात्रासंघको सचिवबाट राजनीतिमा प्रवेश गरेकी उनी क्याम्पस इकाइ सदस्य, नेपाल विद्यार्थी संघ गुल्मीको जिल्ला सदस्य, जिल्ला सचिव, नेपाली कांग्रेसको १३ औं अधिवेशनमा क्षेत्रीय प्रतिनिधि, नेपाल महिला संघ गुल्मीको क्षेत्रीय कोषाध्यक्ष हुँदै राजनीतिमा होमिएकी हुन् । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी कुँवर अधिवक्तासमेत हुन् ।

स्थानीय तहमा उपाध्यक्ष न्यायिक समितिको संयोजक हुने भएको कारण आफू काननको विद्यार्थी भएकोले न्याय निरुपणमा काम गर्न उपाध्यक्षमा उम्मेदवारी दिएको उनले बताइन् । ईश्मामा कांग्रेस र नेकपा (समाजवादी)ले गठबन्धन गरेर चुनावमा भाग लिएको छ । -ईकान्तिपुर डट कमबाट

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D