निर्वाचन अप्डेट

गुल्मीमा १ सय ३८ मतदान स्थल कायम

अनिल खत्री
गुल्मी, कात्तिक १२ । आगामी मंसिर २१ मा हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको लागी गुल्मीमा १ सय ३८ मतदान स्थल रहने भएका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार गता स्थानिय तह निर्वाचनमा कायम भएका मतदान स्थललाई कायम गरिएको जिल्ला निर्वाचन अधिकृत गुल्मीका प्रमुख गणेश बहादुर खत्रीले जानकारी दिए ।

२ वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा जिल्ला भर २ सय ५१ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्या गुल्मीले जनाएको छ । गत असारमा सम्पन्न स्थानिय तह निर्वाचनमा २ सय ४० वटा मतदान केन्द्र कायम थिए । मतदाता संख्याको आधारमा ११ वटा केन्द्र थप भएको जिल्ला निर्वाचन अधिकृत खत्रीले जानकारी दिए ।

प्रत्येक मतदान केन्द्रमा करिव १ हजार भन्दा वढी मतदात भए अर्को केन्द्र थपिने व्यवस्था रहेको छ । मतदाताहरु थप भएसँगै केन्द्र थपिएको अधिकृत खत्रीले बताए । निर्वाचन शिक्षा प्रभावकारी बनाउन जिल्लामा २ सय ५१ जना निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयसेवकहरु सिफारि गर्ने निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन सञ्चार जगत, नागरिक समाज, राजनैतिक दलहरुले सहयोग गर्न आग्रह गर्नेभएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका अध्यक्ष लक्ष्मण पराजुली, जिल्ल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले आगामी मंसिरमा हुने निर्वाचनलाई शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न सबैपक्षले सहयोग गर्न आग्रह गरे ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D