निर्वाचन अप्डेट

गुल्मीमा १६१६५ मत ल्याउँदै केसी विजयी

गंगा खड्का
गुल्मी । निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यका वामगठबन्धका उम्मेदवार एमालेका खड्गबहादुर खत्री विजयी भएका छन्। खत्रीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शालिक पन्थीले ११६७३ मत लिएर पराजित भएका छन् । खत्रीले १६१६५ मत लिएर विजयी भएका हुन्।

२०१४ असार ३ गते मुसिकोट नगरपालिकाको वामी मैदानमा जन्मिएका खत्री २०२८ सालदेखि राजनितिमा सक्रिय भएका हुन् । कम्युनिष्ट आन्दोलनमा सहभागी भएका उनी विभिन्न जेलजीवन बिताएका छन्। २०३६ सालमा संविधान विरोधी आन्दोलनमा सहभागी हुँदा उनको हँुदा खादाको सरकारी शिक्षकको जागिर समेत गुमाउनु परेको थियो।

खत्रीले स्नातक तहसम्मको अध्यनन गरेका छन् भने उनकी श्रीमति सावित्री खत्री हुन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D