समाचार

गुल्मीमा हावाहुरीको ताण्डव: बिद्यालयको छाना उडायो, बिजुलीको तार सर्ट हुँदा घर-गोठ जले

तिलाचन पाण्डे
बैशाख १९, गुल्मी । बुधबार आएको हावाहुरीका कारण गुल्मीका बिभिन्न ठाउँहरुमा क्षती पुगेको छ ।

गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नं ४ मा रहेको जीबनोद्धार माध्यमिक बिधालयको जस्तापाता पुरै उढाइदिएको छ भने मंगलबारबाट सुरु भएको प्रथम कालिगण्डकी महोत्सबको स्टेज लगायत जस्ता पाता र टेन्टहरु उढाएर च्यातिदिएको प्रहरी चौकी पूर्तिघाटका प्रहरी साहयक निरीक्षक खिमानन्द खनालले जाकारी दिए । खनालका अनुसार बिधालयको जस्ता उढाईदिदा करिब दूई लाख बराबर र महोत्समा करिब तीन लाख जतिको क्षती पुगेको जानकारी दिए ।

यसै गरि हाबाहुरीका काराण कालिगण्डकी गाउँपालिका वडा नं ६ खडकोटमा बिजुलीको तार सर्ट हुँदा स्थानीय होम बहादुर थापाको कच्चीघर र गोठ जलेर पुरै नष्ट भएको छ भने स्थानीय डिल बहादुर थापको कच्ची गोठ जलेर परै नष्ट हुनुका साथै तीन वटा भैसी र एउटा बाख्रा जलेर पुरै नष्ट भएको भुर्तुङ प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक बिष्णु बहादुर गाहाले जानकारी दिए । गाहाका अनुसार डिल बहादुर थापाको करिब तीन लाख रुपैया बराबरको क्षती भएको र हुम बहादुर थापाको दूइृ लाख रुपैयाँ बराबरको क्षती भएको जानकारी दिएका छन् । यस्तै कालिगण्डकी गाउँपालिका वडा नं १ हर्मिचौरमा टेकन सिंजालीको गोठ हावाहुरीकै कारण ढलेको प्रहरी चौकी पुर्तिघाटले जनाएको छ ।

जिल्ला देखी बिकट रहेको र संचारले काम नगरेका कारण जानकारी आउन ढिला भएको हो । यी बाहेका जिल्लामा हाबाहुरीका कारण केही क्षती नभएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D