निर्वाचन अप्डेट

गुल्मीमा स्वतन्त्र उम्मेदवर बामगठनधनमा

अनिल खत्री
गुल्मी, मंसिर १६ । गुल्मीमा स्वतन्त्र उम्मेदवर बामगठनधनमा प्रबेश गरेका छन् । गुल्मी क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा २ नम्बर क्षेत्रबाट स्वतन्त्र उम्मेदवार दिएका रेसुङ्गा नगरुपालिका वडा नम्बर ४ अर्खले निवासी धनिश्वर गौतम बाम गठबन्धनमा प्रबेश गरेका हुन् ।
dhanishwar gautam
अहिले कम्यूनिष्ट शक्ति एक भएकाले अब देशमा केहि गर्न शक्ने नेतृत्वलाई बिजयी बनाउनको लागी आफु नै बाम गठबन्धनमा प्रबेश गरेको बताए । देशमा बढ्दो बेरोजगारीलाई अत्य गर्न र युवालाई रोजगारी मुलक सहितको समाजको बनाउन अब बाम गठबन्धन मात्र सम्भव रहेकाले आफु पनि यसैमा प्रबेश गरेर नेतृत्वलाई खबदारी गर्ने बताए ।

गौतमलाई शनिवार बिहान तम्घासमा आयोजित एक कार्यक्रमम एमाले सचिव एबं गुल्मी क्षेत्र नं. २ का प्रतिनिधी सभा उम्मेदवार गोकर्ण बिष्टले स्वागत गरेका थिए । गौतमले स्वतन्त्रबाट घुम्ने कुर्चि चिन्ह् लिएर प्रचारमा थिए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D