टोपलाल अर्याल
गुल्मी, ७ असोज । गुल्मीमा सुनका गरगहना चोरी गर्ने व्यक्ती पक्राउ परेका छन् । रेसुङ्गा नगरपालिका ९ का मनु नेपाली पक्राउ परेका हुन । उनले रेसुङ्गा नगरपालिका ११ सिमिचौर राङबास बस्ने बसन्ती भुसाल पाण्डेयको मंगलसुत्र एक थान, क्लिप एक थान, औठाी दुई थान र झुम्का एक जोर चोरी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक शिव बहादुर खत्रीले बताए ।
आरोपित नेपालीले भदौ ३१ गते बसन्ती भुसाल पाण्डेय मालारानी गाउँपालिका ५ अर्घाखाँची माइत गएको बेला बंगालोमा पसेर चोरी गरेको प्रहरीले जनाएको छ । पीडित परिवारको उजुरी र हुलिएका आधारमा अनुसन्धान गर्दै जाँदा असोज ६ गते नेपालीको साथबाट गरगहना फेला परेको नायव निरिक्षक खत्रीले बताए । उनी गत असार २२ गते विभिन्न बस्तु चोरी मुद्धामा ४५ हजार धरौटी राखी तारेखमा छुटेका थिए ।