अपराधसमाचार

गुल्मीमा सामुहिक वलात्कार काण्डमा एक सैनिक सहित पाँच जनालाई जेल सजाएँ

प्रेम सुनार
गुल्मी, जेठ ९ । केहि महिना अघि गुल्मीको पौदीअमराईमा मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई सामुहिक वलात्कार गर्ने एक सैनिक जवान सहित पाँच जनालाई जिल्ला अदालत गुल्मीले १० वर्ष सम्मको जेल सजाएँको फैसला गरेको छ ।

२०७४ साल असोज १५ गते राती मुसिकोट नगरपालिका वडा नम्वर १, पौदीअमराईको थामडाँडा भन्ने स्थानको वारीमा अन्दाजी ३५ वर्षिया महिलालाई सामुहिक वलात्कार गरेको आशंकामा अर्को दिन विहान पौंदीअमराई प्रहरी चौकीको पट्रोलिङ्ग टोली ति महिलालाई फेला पारेको थियो ।

अनुसन्धान गर्दै जाँदा अन्दाजी ३५ वर्षिया मानसिक सन्तुलन ठिक नभएकी ति महिलालाई वलात्कार गरेको पत्ता लगाई मुसिकोट नगरपालिका वडा नम्वर १ , पौदीअमराईका १८ वर्षिय बुद्ध नेपाली , सोही स्थानका १६ वर्षिय सुरेश नेपाली , वर्ष १६ का रेशम नेपाली, वर्ष २४ का ध्रुव थापा र वर्ष १८ का हरिबहादुर खत्री सहितका पाँच जनाले सामुहिक वलात्कार गरेको पाए पछि त्यसको अर्को दिन विहान त्यहाँको प्रहरी चौकीले पक्राउ गरी जिल्लामा पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले निजहरु विरुद्ध सामुहिक रुपमा जवरजस्ती करणीको मुद्धा अदालतमा दायर गरे अनुरुप जिल्ला न्यायधिश रामप्रसाद न्यौपानेको ईजलासले उनिहरुलाई कैद सजाएँको फैसला गरेको हो ।

आज जिल्ला प्रहरी कार्यालय गुल्मीले पठाएको विवरण अनुसार ५ जना अभुक्तहरु मध्ये २ जनालाई १० बर्ष कैद र रु. २५,०००।- जरिवाना भएको, १ जना नाबालक रहेकोले उनलाई १० बर्षको आधा सजायँ भएको, सेनाका सिपाही लाई ३ महिना कैद र अर्का हरि खत्रीलाई ३ महिनाको कैद भएको हो । घटनास्थलमा उपस्थित भएको कारण ती २ जनालाई ३ महिना सम्म सजायँ भएको हो ।

रेशम नेपाली नावालक देखिएकोले त्यसको आधा सजाएँको फैसला भएको जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए । वलात्कार अभियोगी पाँच जना मध्ये ध्रुर्व थापा नेपाली सेनाका रिगरुट जवान थिए ।

दशै मान्न विदामा घर आएका थापा अल्लारे युवाहरुको पछाडी लागेर मानसिक सन्तुलन ठिक नभएकी महिलालाई वलात्कार गर्दा भर्खर खाएको नेपाली सेनाका जागिरबाट हात धुदै चेल सजाएँ भागिरहेका छन् । उक्त अभियोगमा स्वर्णिम भविश्य बोकेका अन्य युवाहरुको समेत जिन्दगीको सपना चकनाचुर भएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D