gulminews logo
बुधबार, २०७९ श्रावण २५

गुल्मीमा श्रीमतीको हत्या गरी श्रीमान फरार

अनिल खत्री
गुल्मी, १६ कात्तिक । गुल्मीमा श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन् । जिल्लाको मदाने गाउँपालिका ६ पनाहा निवासी ३२ वर्षिय दुर्गा नेपालीले आफनै श्रीमती ३१ वर्षिय सिता नेपालीलाई हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए ।

नेपालीले शुक्रवार बिहान श्रीमतीलाई कुटपिट गरेर हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरेर फरार श्रीमानको खोजी कार्य भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।

घटना स्थल गुल्मीसँगै छिमेकी अर्घाखाँची र प्युठान जिल्ला नजिकै पर्दछन् । घटनाबारे थप बुझनको लागि प्रहरी उपरिक्षक बस्नेत सहित जिल्लाबाट टोली घटना स्थलतर्फ लागेको छ । घटनाबारे थप जानकारी अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी उपरिक्षक बस्नेतले बताए ।

यो पनि पढ्नुस्

गुल्मीका बिष्णु सहित तीन जना नक्सालको सन्तोषी माता मूर्तिमा जडित गरगहना चोरी गरेको आरोपमा पक्राउ

काठमाडौं, साउन ०२ । प्रहरीले काठमाडौंबाट मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गरेको आरोपमा तीन जनालाई

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D