निर्वाचन अप्डेट

गुल्मीमा शान्ति सुरक्षा चुस्त छ, ढुक्क भएर भोट हाल्नुस्: सिडिओ अर्याल

गुल्मी, मङ्सिर २० । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सुरक्षा व्यवस्था चुस्त बनाईएकोले भय रहित भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । मंगलबार दलहरु सहित बसेको बैठकले निर्वाचनलाई शान्तिपुर्ण, निष्पक्ष र धाँधली रहित बनाउन सवै पक्ष जुट्ने निर्णय भएको बताउँदै प्रमुख जिल्ला अधिकारी अर्यालले गुल्मी जिल्लावासी र यहाँका राजनैतिक दलहरु सौहार्दपुर्ण रुपमा प्रस्तुत हुुने भएकाले कुनै अप्रिय घटना घट्न सक्ने आफुले अपेक्षा नराखेको बताए ।

वुथ क्याप्चर गर्ने, मतदातालाई धम्काउने, मतदान गर्न जानेहरुलाई रोक्ने जस्ता अवान्छिनिय कृयाकलापलाई सुरक्षा निकायले निस्तेक्ष पार्ने उनको दावि छ ।
नेपाली सेन , नेपाल प्रहरी र सशस्त्र प्रहरी एक आपसमा समन्वय गरी अहिले देखि नै ठाउँ ठाउँमा गस्ती गरिएको , घरेलु तथा अन्य हात हतियारहरुको चेक जाँच गर्ने गरिएको समेत प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । उनले यो निर्वाचन ऐतिहासिक र निकै महत्वपुर्ण भएकोले कोही पनि मतदाता मतदान गर्नबाट छुट्न नहुने अपिल गरे । गुल्मीमा स्थानिय तहको निर्वाचनमा ७० प्रतिशतको हाराहारीमा मत खसेको थियो ।

यसपालीको निर्वाचनमा पनि जनताको उत्साह देखिएकोले त्यति नै मत खस्ने अपेक्षा गरिएको छ । देश विदेशमा रहेका जिल्लावासीहरु धमाधम घर फर्किने क्रम जारी छ । सदरमुकाम सुनसान जस्तै बनेको छ भने गाउँमा मानिसहरु भरीभराउ भई सकेका छन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D