समाचार

गुल्मीमा रहेको सशस्त्रका महानिरिक्षक खनालको घरलाई धर्मशाला बनाईने, प्रकृया सुरु भयो

अनिल खत्री
३० जेठ, गुल्मी । सशस्त्र प्रहरी बल प्रमुख शैलेन्द्र खनालले आफ्नो पुर्खौली घरलाई धर्मशाला बनाउने प्रक्रिया अगाडी बढाएका छन् । गुल्मी जिल्लाको रुरु गाउँपालिका स्थित रिडी स्थित आफनो पुर्खौली घरलाई स्व. पिता डा.टिकाराम खनालको स्मृतिमा धर्मशाला बनाउने गरि निर्माण समिति गठन गरेका छन् ।

महानिरिक्षक खनाल बुधवार गृह जिल्ला गुल्मी पुगेर एक कार्यक्रमको आयोजना गरेर आफनो घरलाई धर्मशाला बनाउन समिति गठन गरेका हुन् । धर्मशाला बनाउनको लागि शंकर भट्टराईको अध्यक्षतामा १५ सदस्यीय निर्माण कमिटी गठन गरेका छन् ।

खनालले गत वर्षको असौजमा आफ्ना पिताको सम्झनामा घरलाई धर्मशालाको रुपमा रुपानतरण गर्न इन्जिनियर सहितको टोली लगेर अध्ययन गराएका थिए । पुरानो संरचनामा बनेको २ तले घरलाई भत्काएर नयाँ डिजाइनमा धर्मशाला बनाउने बताएका हुन् ।

तिन जिल्लाको संगमनस्थल रहेको रुरु स्थित रिडीमा आफ्ना बुवाको सोच पनि धर्मशाला बनाउने रहेकाले बुवाकै सम्झनामा घरलाई धर्मशाला बनाउने निर्णय गरेको महानिरिक्षक खनालको भनाई छ ।

समितिले बिहिवार देखि नै काम सुरु गर्ने भट्टराईले बताए । समितिले तत्कालै पुरानो घरलाई भत्काउने र नयाँ साढे दुई तलाको पक्की भुकम्प प्रतिरोधी घर निर्माणको लागि सुरु गर्ने भएको छ । धर्मशाला निर्माणको लागि असारको दोस्रो साता तिर शिलान्यास गरिने पनि समितिले जनाएको छ ।

कार्यक्रममा प्रहरी महानिरिक्षक खनालले रिडीलाई केन्द्र बिन्दु बनाएर सानो भएपनी शसस्त्र प्रहरीको बिट राख्ने बताए । खनालको रुरु स्थित रिडीमा पुर्खौली घर धेरै वर्ष देखि खनाल परिवारले बस्न छोडेकाले बन्द अबस्थामा रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D