निर्वाचन अप्डेट

गुल्मीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचनको कार्यालय स्थापना

अनिल खत्री
गुल्मी, कात्तिक ९ । आगामी मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको लागी गुल्मीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय बिहिवार एक कार्यक्रमका बिच सदरमुकाम तम्घासमा स्थापना गरिएको हो । निर्वाचनको लागी मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायधिश रामप्रसाद न्यौपाने रहेका छन् ।

दुईवटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा ४ वटा प्रदेश सभा क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ हेर्ने गरि मुख्य निर्वाचन अधिकृत न्यौपाने निर्वाचन अधिकृतमा नियुक्त भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतमा कमलराज गौतम निर्वाचन अधिकृतमा नियुक्त भएको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार दर्गाप्रसाद बस्यालले जानकारी दिए । दोस्रो चरणको निर्वाचन हुने जिल्लाहरुको लागी कात्तिक १६ गते मनोनयन दर्ताको मिति तोकिएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D