अपराध

गुल्मीमा महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक पक्राउ

हुमाकान्त पोखरेल
गुल्मी, ०५ मंसिर । गुल्मीमा महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ अमरपुर निवासी ४६ बर्षिया भिमप्रसाद पोखरेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी मिन घलले जानकारी दिए । उनले ३०-३२ बर्षिय महिलालाई अभद्र व्यवहार गरेको आरोप छ ।

पोखरेलाई बुधबार नै नियन्त्रणमा लिएपनि पीडित महिलाले प्रहरीमा बिहिबार मात्रै उजुरी दिइन् । उनलाई अभद्र व्यवहार सम्बन्धी मुद्धामा चलाईने प्रहरीले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D