शिक्षा

गुल्मीमा भूकम्पले क्षती भएका झन्डै २ सय विद्यालय भवन अझै बनेनन्

अनिल खत्री
२५ पुस, गुल्मी । गुल्मीमा ०७२ सालमा गएको भुकम्पमा कुल बिद्यालय मध्ये १ सय ९४ वटा बिद्यालयका ९ सय ५ वटा कक्षा कोठाहरु निर्माण गर्न बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ । भूकम्पबाट जिल्लामा ३ सय ११ वटा बिद्यालयका १२ सय ५२ वटा कक्षा कोठाहरु क्षती भएको जिल्ला आयोजना कार्यन्वयन इकाइ शिक्षा गुल्मीका प्रमुख पिताम्बर पन्थीले बताए ।

कुल बिद्यालयहरु मध्ये ५२ वटा बिद्यालयका १ सय ५२ कक्षा कोठाहरु निर्माण भइसकेका छन् । अबको १ महिना भित्र २२ बिद्यालयका १ सय ६८ कक्षाकोठाहरु निर्माण हुँदैछन् । त्यसमध्य ४३ वटा बिद्यालयका १ सय २७ कक्षाकोठाहरु र ३४ वटा शौचालयहरु ०७७ असार मसान्त सम्म सम्पन्न हुने क्रममा छन् ।

राष्ट्रिय पूनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाइ शिक्षा मार्फत निर्माण भएका भवनहरुको २ कोठे भवन निर्माणको लागि २३ लाख ९० हजार, ३ कोठे भवन को लागि ३५ लाख ७० हजार, ४ कोठे भवनको लागि ७० लाख ४० हजार र शौचालय निर्माणको लागि १५ लाख रकम दिने गरेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D