gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा भारी हिउँ पर्दा यस्तो देखियो, हेर्नुस् १२ तस्बिरमा

अनिल खत्री
१२ माघ, गुल्मी । गुल्मीको रेसुङ्गामा हिउँसहितको फोटो खिच्न र खेल्नको जानेहरुको घुइँचो लागेको छ । गएरातिबाट परेको पानीसँगै गुल्मीका रेसुङ्गा सहित उच्च स्थानमा रहेका पहाडी भागमा हिमपात भएको छ ।

जिल्लाको धार्मिक तथा पर्यटकियस्थल रेसुङ्गामा अत्याधिक मात्रामा हिमपात भएको छ । रेसुङ्गामा परेको हिउँउमा फोटो खिच्न तथा अबलोकन गर्न बिहानैदेखि स्थानियहरु पुगेका थिए । धेरैले समाजिक संजालमा रेसुङ्गाको हिउँ सहितका तस्विरहरु राखेका छन् । हिउँले रेसुङ्गा मेला जस्तै बनेको थियो शनिवार बिदा भएकाले पनि तम्घास बजारका स्थानि धेरै जसो रेसुङ्गाको हिउँ हेर्न पुगेका छन् ।

रेसुङ्गामा परेको हिमपात तम्घास बजारबाट पनि सजिलै देख्न सकिन्छ । रसुङ्गामा यतिधेरै हिमपात भएको धेरैवर्षपछि हो ।

अघिल्ला वर्षहरुमा समान्य रुपमा पर्ने गरेतापनि यसवर्ष अलिधेरै हिमपात भएको स्थानियले बताएका छन् । गुल्मीको सदरमुकाम तम्घासमै झण्डै १२ वर्ष पहिले अत्याधिक मात्रमा हिमपात भएको थियो ।

हिमपातले तम्घास बजारमा अत्याधिक चिसो बढेको छ । चिसोका कारण बजारमा चहलपलह समेत घटेको छ । बजारका बिभिन्न चोक चोकमा आगो बालेर ताप्नेहरुको जमघट हुने गरेको छ ।

उच्च स्थानमा हिउपरेसँगै चिसो वढेको छ । जिल्लाका अन्य उच्च स्थानहरु अर्जुन, मदाने लगायतका एक दर्जन स्थानमा हिमपात भएको सजलै देख्न सकिन्छ । उच्च ठाउँमा परेको हिमपातले नजिकैका बस्तीहरुमा धेरै चिसो बताएको स्थानियले बताएका छन् ।

जिल्लाका अन्य स्थानहरुमा पनि हिमपात भएको स्थानियले बताएका छन् । वर्षातले कृषकहरुले लगाएका तरकारी, फलफुल अन्य वालीलाई राहत मिलेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D