सुरेश थापा
गुल्मी, बैशाख १३ । गुल्मीको सत्यवती गाउपालिका जोहाङमा घरेलु मदिरा नियन्त्रण गर्ने अभियानलाई तिब्र पारिएको छ ।
अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय जोहाङ्ग गुल्मीबाट मोटरसाईकल गस्तिमा खटिएको प्र.ना.नि. खुम बहादुर कुवँरको टोलिले रुरुको रिमुवा देखि खैरेनी लैजाने रक्सि बरामद गरेको छ ।
रुरु गाउँपालिका वडा नं. ६ रिमुवाबाट बिक्रि वितरणको लागि सत्यवती गाउँपालिका वडा नं. ६ खैरेनी बजार तर्फ ल्याउँदै गरेको १३५ लिटर अबैध घरेलु मदिरा बरामद गरेको हो ।
मदिरा बिक्रि वितरणमा संलग्न युवतीहरुलाई आगामी दिनमा अन्य पेसा व्यवसाय गर्ने सर्तमा कागज गराई छोडिएको प्रहरीले जनाएको छ ।
घरेलु मदिराका कारण समाजमा झै झगडा तथा अशान्ती फैलिने गरेकोले नियन्त्रणको लागी सक्रिय भएको इलाका प्रहरी कार्यालय जोहाङले जनाएको छ । यसअघि पनि प्रहरीले विभिन्न समयमा घरेलु मदिरा बरामद गरि पटक पटक नष्ट गर्दैै आएको छ ।