gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा बाल अधिकारकर्मीबाटै बालिका बलात्कृत

टोपलाल अर्याल
गुल्मी, १९ साउन । घटनानै अपत्यारिलो । बाल अधिकारकर्मीबाटै बालिका बलात्कृत भएका छन् । जिल्लाको मदाने गाउँपालिका ७ बस्ने १९ बर्षीय सुमन पन्थी जिल्ला बाल संजालका अध्यक्ष हुन् । पन्थीसहित धुर्कोट गाउँपालिका ६ का २५ बर्षीय गाडी चालक सुरज पन्थी र रेनपा ४ का ३२ बर्षीय ओम बहादुर खत्रीले दुई बालिकालाई सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले शुक्रबार बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मीन घलेले बताए । उनीहरुले १७ र १५ बर्षिया दुई बालिका बलात्कार गरेका हुन् । बालिकाहरु १६ गतेबाट परिवारको सम्पर्कमा थिएनन् । शनिबार बालिकाका आफन्तले छोरीहरु खोजतलासको लागि प्रहरीमा सुचना गरे ।

प्रहरीले खोज्दै जाँदा बालिकाहरु तम्घासमै फेला परेको प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक बस्नेतले बताए । बालिकालाई सोधपुछ गर्दै जाँदा घटनाको यो रहस्य बाहिर आएको बस्नेतले बताए । बालिकाले आफुहरुलाई दुई दिनसम्मसंगै राखेर बलात्कार गरेको र यस अघि पनि यौन शोषण गर्ने गरेको प्रहरी समक्ष बताएका छन् । आरोपित तीन जनालाई अनुसन्धानकै लागि शनिबार गिरफ्तार गरिएको प्रहरी प्रमुख बस्नेतले बताए ।

आइतबार बालिकाका आफन्तले उनीहरु बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । प्रहरी प्रमुख बस्नेतले बालिका २० बर्षभन्दा कम उमेरका भएकाले आपसी समझदारीमा यौन सम्पर्क भएपनि बलात्कार नै ठहर हुने भएकाले कानुन अनुसार कारबाही हुने बताए । घटनाको बिषयमा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुमन पन्थी जिल्ला बाल संजालका अध्यक्ष हुन् । उनले जिल्लामा बालबालिकाको क्षेत्रमा पनि केहि कामहरु गरेका छन् । उनकै नेतृत्वमा दुई बर्ष अघि मदाने गाउँपालिका वडा नं ७ भनभनेलाई बालबिबाह मुक्त वडा घोषणा गरिएको थियो । भने गत बर्ष पनि जिल्लाका एक दर्जन होटलहरुबाट बालश्रमिक उद्धार गरिएको थियो । तर बालअभियान्ता नै यो घटनामा संलग्न हुनु लज्जाको बिषय भएको प्रहरी तथा अन्य अधिकारकर्मीहरु बताएका छन् ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D